रोट्रयाक्ट क्लब अफ दमौलीमा डिआरआर भिजिट सम्पन्न

रोट्रयाक्ट क्लब अफ दमौलीमा डिआरआर भिजिट सम्पन्न

DRR Visit dml2
तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीमा डिआरआर भिजिट कार्यक्रम सोमबार सम्पन्न भएको छ । रोटा वर्ष २०१८/१९ का डिआरआर गौतमले क्लबका गतिविधि बारे बुझेका थिए ।

क्लबका अध्यक्ष विपिन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लबका डिरेक्टरहरु, सचिव र कोषाध्यक्षले आ-आफ्नो रिपोर्ट डिआरआर समक्ष प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्लबका क्लब सर्भिस डिरेक्टर रबि अधिकारिले क्लब भित्र भएका कार्यक्रमका बारेमा डिआरआर लाई जानकारी गराएका थिए । त्यस्तै क्लबका कम्युनिटि सर्भिस डिरेक्टर मदन तिमल्सेनाले समुदायमा क्लबले गरेका कार्यक्रमका बारेमा डिआरआर लाई जानकारी गराएका थिए ।
त्यसैगरी क्लबकी इन्टरनेशनल सर्भिस डिरेक्टर शुभद्रा मल्ल ठकुरीले क्लबले अन्तराष्ट्रिय रुपमा क्लबले गरेका कार्यक्रमका बारेमा डिआरआर लाई बताएकी थिइन । त्यस्तै प्रोफेशनल डेभलभमेन्ट डिरेक्टरको रिपोर्ट भने क्लबका सभामुख धिरज श्रेष्ठले प्रस्तुत गरेका थिए ।
त्यस्तै क्लबका कोषाध्यक्ष राजुकुमार श्रेष्ठ र  सचिव सुशान्त अधिकारिले पनि आ-आफ्नो रिपोर्ट डिआरआर गौतम समक्ष प्रस्तुत गरेका थिए ।
डिआरआर गौतमले क्लब लाई केहि सुधार गर्नुपर्ने सुझाब समेत दिएका थिए । गौतमले क्लबको क्रियाकलाप रोट्रयाक्ट नेपालको वेबसाइटमा राख्नुपर्ने बताएका थिए । रोट्रयाक्ट क्लब अफ दमौलीको बैठक बस्ने तरिका, डकुमेन्ट राख्ने तरिका समेत उत्कृष्ट रहेको डिआरआर गौतमले बताए । क्लब मिडिया संग समेत धेरै अगाडि रहेको पाएको गौतमले बताए ।
कार्यक्रममा क्लबका पुर्वअध्यक्ष सन्तोष श्रेष्ठ, निवर्तमान अध्यक्ष शिखरलाल डोटेल र क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत क्लबकी उपाध्यक्ष सन्जु घलेले र धन्यवाद क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउतले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ