लमजुङ दुईपिप्लेका मृगौला पीडितलाई आर्थिक सहयोग

लमजुङ दुईपिप्लेका मृगौला पीडितलाई आर्थिक सहयोग

help

लमजुङ । मध्यनेपाल नगरपालिका वडा नं. ४ दुइपिप्ले निवासी मृगौला पीडित राजेश सुनार अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

दुईपिप्ले स्थायी घर भई हाल अमेरिकाको बाल्टिमोर मेरिल्याण्डमा बस्दै आएका समाजसेवी मनकुमार श्रेष्ठ र उनको परिवारले मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

श्रेष्ठले आफ्नो गाउँमा मृगौला पीडितलाई समस्या भएको कुरा अमेरिकामा बस्दै आएका नेपालीहरुसँग भनेपछि नेपाली रु. ९५ हजार ९ सय ८५ रुपैयाँ संकलन भएको थियो । उक्त रकम पीडित सुनारलाई एक कार्यक्रमका विच मनकुमारका ठुलोबुवा टेकलाल श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मध्यनेपाल नगरपालिकाका उपमेयर राजकुमार श्रेष्ठ, वडा नं. ४ का वडाअध्यक्ष निर्मल गौतम, पीडितका बुवा पञ्चबहादुर सुनार, चिजकुमार श्रेष्ठ, निशा श्रेष्ठ, निगा श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

यसअघि पनि समाजसेवी मनकुमार श्रेष्ठले अमेरिकाबाट आफ्नो जन्मस्थानका स्कल, गरिव तथा असाहायलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ