दुम्सी मारेको फोटो फेसबुकमा पोष्ट गर्दा तीन जना पक्राउ, १ वर्ष जेल !

दुम्सी मारेको फोटो फेसबुकमा पोष्ट गर्दा तीन जना पक्राउ, १ वर्ष जेल !

Dumsi

काठमाडौं । मासु खाएको कारण कोही पक्राउ पर्यो भन्दा सायद धेरैलाई विश्वास नलाग्न सक्छ । तर, जंगली जनावर दुम्सी मारेर खाने पाल्पाको रिव्दीकोट गाउँपालिकाका तीन जना पक्राउ परेका छन् ।

रिव्दीकोट गाउँपालिका–५, कुसुमखोला मुरेडाँडा बसन्त बहादुर खड्का, सोही गाउँपालिका ६ का भीमबहादुर गाहा, र धनबहादुर गाहा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । भीमबहादुर छोरा आषिश गाहाको नाममा समेत पक्राउ पुर्जी जारी गरेको प्रहरी जनाएको छ ।

उनी बिरामी भएकाले पक्राउ नगरिएको बताइएको छ । कुसुम खोलाका बसन्तले ‘बल्ल आज दुम्सीको मासु खान पाइयो’ भन्ने लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । विभिन्न व्यक्तिलाई समेत ट्याग गरिएको थियो भने, मरेको दुम्सी र मासु काटेको देखेपछि त्यसैको आधारमा पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईले बताए ।

यसरी जंगलका कुनै पनि वन्यजन्तु माुरेर वैधानिक रुपमा खान पाइदैन । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अगाडी बढाइएको अनुसन्धान अधिकृत यमलाल पोखरेलले बताए ।

उहाँका अनुसार २० हजारसम्म जरिवानाका साथै एक वर्षसम्म कैद वा दुबै सजायँको व्यवस्था छ । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनीहरुले जानेर यस्तो गल्ती गरेका हुन वा अन्जानमा भन्ने पनी खुल्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ