इथोपियन विमान दुर्घटनामा मृत्यु भएकी नेपाली युवतीको पहिचान खुल्यो

इथोपियन विमान दुर्घटनामा मृत्यु भएकी नेपाली युवतीको पहिचान खुल्यो

Ekata

आइतबार भएको इथियोपिन विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ। मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन्। इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानमार्फत नैरोबी जादै थिइन्।

डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले पनि आफ्ना कर्मचारी उक्त दुर्घटनामा परेको पुष्टि गरेका छन्।

दुर्घटनाग्रस्त उक्त विमानमा एक नेपाली पनि सवार रहेको विमान कम्पनीले यसअघि जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख थियो। पीडितको विवरण भने सार्वजनिक गरिएको थिएन । सो विमान दुर्घटना परि ३३ देशको नागरिक मृत्यु भएको एयरलाइन्सले जनाएको छ।

सो विमान दुर्घटनामा ३२ जना केन्यालीको निधन भएको छ भने १८ जना क्यानाडाका नागरिक रहेका छन्। त्यसैगरी इथोपियन ९ चिनियाँ ८ र ४ जना भारतीय रहेका छन्। राजधानी अतिस अबाबाबाट बिमान उडेको केही समयपछि नै दुर्घटना परेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ