तोकिएकै मितिमा एमबीबीएस र बीडीएसको परीक्षा हुने

तोकिएकै मितिमा एमबीबीएस र बीडीएसको परीक्षा हुने

education

काठमाडौं– त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा.जेपी अग्रवालले तोकिएकै समयमा एमबीबीएस र बीडीएसको परीक्षा हुने बताएका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनले सार्वजनिक शिक्षण संस्था सञ्चालन हुने चिकित्सा शिक्षाका स्नातक अध्ययनमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति दिने व्यवस्था सरकारले गरेको थियो । तर भदौ बाट सुरु हुन लागेको परीक्षाको शुल्क भने सो व्यवस्था अनुसार नहुँदा विद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।

ऐनमा व्यवस्था गरिएको कुरा कार्यान्वयन नभए पछि विभिन्न विद्यार्थी संगठनले त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) कार्यालयमा आइतबार ताला लगाएका थिए । तर, हाल उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको भिडियो कन्फरेन्सिङ बैठकमा चिकित्साशिक्षाका प्रवेश परीक्षा कुनै हालतमा नरोक्न निर्देशन दिएपछि डिन कार्यालयको ताला खोलिएको छ ।

यही अन्योलताका बीच आईओएमका डीन अग्रवालले परीक्षा तोकिएकै समयमा हुने र विद्यार्थीलाई तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।

सरकारले विद्यार्थीको लागि छुट्याएको छात्रावृत्ति विद्यार्थीले पाउनु पर्ने भन्दै उनले सरकार र त्रिविको निर्णय आएको खण्डमा कार्यान्वयनको लागि आफूहरुलाई समस्या नहुने बताए ।

‘यसै वर्षबाट विद्यार्थीलाई ७५ प्रतिशत छात्रावृत्ति उपलब्ध गराउने सरकारको निर्णय हो । दिने पक्षमा सरकार पनि छ । विश्वविद्यालयले खुल्ला गरेर हामीलाई पत्र पठाएपछि सरकारले विद्यार्थीहरुको लागि प्रदान गरेको ७५ प्रतिशत छात्रावृत्ति अनुदान सुरु हुन्छ’, उनले भने । विद्यार्थीहरुले लगाएको ताला फोरेर पनि परीक्षा लिने तयारीमा सरकार रहेको छ ।

सम्झौताअनुसार रकम फिर्ता गर्ने, चिकित्सा शिक्षा ऐनअनुसार छात्रवृत्ति दिनेलगायत विषय कार्यान्वयन नभएको भन्दै दोस्रो पटक विद्यार्थीहरुले डिनको कार्यालयमा ताला लगाएका थिए ।

यता आन्दोलनरत विद्यार्थीहरुले भने ऐनमा आइसकेको कुरा कायान्वयन गर्नलाई कुनै पनि समस्या नभए पनि सरकार आफैले कार्यान्वयन गर्न नचाहेको आरोप लगाएका छन् ।

यसै वर्षबाट कार्यान्वयन गर्ने गरी ऐन आएपनि सरकारले नचाहेको कारण समस्या भएको संघर्ष समितिका एक प्रतिनिध डा. अनित सिन्हाले बताए ।

साथै उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको पद टुङ्ग्याउने काम नसकिदा पनि ७५ प्रतिशत कार्यान्यनमा समस्या देखिएको बताए । विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्ने गरि तोकिएकै समयमा परीक्षा सञ्चाल हुने संकेत आन्दोलनरत विद्यार्थीहरुले दिएका छन् ।

आइओएमको विभिन्न विषयको परीक्षा भदौ २१ बाट सुरु हुँदैछ । सो परीक्षाको लागि २० हजारले आवेदन दिइसकेका छन् । यस परीक्षाको लागि चीन, भारत, अमेरिका लगायतका देशबाटसमेत विद्यार्थीले आवेदन दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ