नक्कली फेसबुक आइडीबाट करोडौँ ठगी गरेका गुरुङलाई नेपाल ल्याइयो

नक्कली फेसबुक आइडीबाट करोडौँ ठगी गरेका गुरुङलाई नेपाल ल्याइयो

facebook photo

काठमाडौँ । मानव बेचबिखनको र ओसारपसारको साथै करोडौँ ठगीको अभियोग लागेका एक जनालाई थाइल्याण्ड पक्राउ गरेको थियो । प्रकाउ परेको भोजपुरका ३८ वर्षीय परशुराम गुरुङलाई नेपाल ल्याइएको हो।

काठमाडौँ गौरीघाटमा बस्दै आएका गुरुङलाई नेपाल प्रहरीको समन्वय, पीडित, थाइल्याण्डस्थित नेपाली राजदूतावास र थाई प्रहरीले गत चैतमा थाइल्याण्ड र लाओसको सिमानामा पक्राउ गरेका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई आवश्यक प्रक्रिया पु¥याएर शुक्रबार नेपाल ल्याइएको र कानूनी प्रक्रिया शुरु गरिएको छ ।

परशुरामले विभिन्न नामबाट नक्कली फेसबुक आइडी बनाएर ठगी गर्ने गरेको खुल्न आएको छ । विदेश पठाइदिने भन्दै प्रतिव्यक्ति रु पाँच लाखदेखि रु २० लाख सङ्कलन गरी अहिलेसम्म पीडितबाट अन्दाजी रु १३ करोडभन्दा बढी पैसा ठगेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ