जब फेवातालमा डुबेका २७ जनामध्ये ३ जनाको हेलिकोप्टरबाट यसरी उद्धार भयो (संयुक्त सैन्य अभ्यास)

जब फेवातालमा डुबेका २७ जनामध्ये ३ जनाको हेलिकोप्टरबाट यसरी उद्धार भयो (संयुक्त सैन्य अभ्यास)

armi-pokhara-rasku

पोखरा । पोखराको फेवातालमा शुक्रबार करिब १२ बज्नै लागेको थियो । न कुनै हुरी, न अरु विपद् । दुई डुंगा एक्कासी डुबे । डुंगा पल्टेसंगै तालमा डुबेका २७ जनालाई बचाउन तीन वटा मोटरबोट कुदे । तत्कालै २४ जनाको उद्धार भयो ।

तीन जना डुबे हराए । हराएकालाई खोज्न गोताखोरको टोली नेपाली सेनाको हेलिकप्टरबाट डोरीको सहायताले तालमा झरे । उद्धारमा खटिएका नेपाली सेनाका उद्धारकर्मीले कुशलता पूर्वक डोरीमा घाइतेलाई समेत आफु संगै राखेर सुरक्षित रुपमा हेलीकप्टरमा झुण्डीएर फेवातालबाट करिव ५ किलोमिटर परको पोखरा विमानस्थलमा पुगे ।

विमानस्थलबाट घाइतेलाई एम्बुलेन्समा राखेर उपचरका लागि अस्पताल लगियो । शुक्रबार नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा पोखरामा ६ दिन देखि चलिरहेको विपत व्यवस्थापन सम्वन्धी सैन्य अभ्यास तथा तालिमका क्रममा नेपाली सेनाले बिपत पर्दा हुने जोखिमका बेला गर्ने उद्धार कौशल अन्य देशका सैनिकलाई देखाए ।

सैन्य अभ्यासमा अमेरिका, नेपाल सहित श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, बंगलादेश, क्यानडा सहति ६ देशको सहभागीता रहेपनि तालमा भएको उद्धार अभ्यास भने नेपाली सेनाको मात्र सहभगीता थियो । विदेशी सैनिकले भने उद्धार अघि कसरी उद्धार गर्ने भन्ने रणनीती बनाउन नेपाली सेना संगै सहभागी भएको बताइएको छ ।

उद्धार अभ्यासको अवलोकन र त्यसपछि उद्धारका क्रममा भएको अभ्यास बारेमा छलफलमा पनि विदेशी सैनिकहरुको सहभागीता हुन्छ । ‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’ ९डिआरईई० नामाकरण दिइएको सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

नेपालको तर्फबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिको समेत सहभागिता छ । जेठ १२ सम्म चल्ने अभ्यासमा करिब २ सय २० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जीत बहादुर गुरुङले जानकारी दिए ।

पोखराको पाताले छाँगो, फेवाताल, चमेरे गुफा, पोखरा स्वास्थ्या विज्ञान प्रतिष्ठान, मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज, पोखरा विमानस्थल लगाएतका ठाउँमा प्रयोगात्मक अभ्यास गरेका थिए । संयुक्त सैन्य अभ्यासबाट विपत व्यपस्थापन सम्बन्धी विभिन्न देशका घरेलु अनुभव र ज्ञानआदान–प्रदान हुने र त्यसबाट भविष्यमा आउन सक्ने सम्भावित विपत्लाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली सेना र अमेरिकी सेनाको प्यासेफिक कमाण्डले सन् २०११, १३, १५ र १८ मा काठमाडौमा यस्तो खाले अभ्यास गरेका थिए ।

  • डिएनएनेपाल बाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds