पर्वत । पर्वतमा कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–५, यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
आपसी झडपमा घाइते भएका कुश्मा–५ का आस्विन क्षेत्री र कुश्मा–६ का आदित भण्डारीको जिल्ला अस्पतालमा उपचार गरिएको छ । चोक आसपासमा बस्दै आएका स्थानीयले झगडाका कारण अशान्ति फैलिएको र आतङ्कित भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
स्थानीयले उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रायमाझीले बताए ।
सम्बन्धित खबर
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु
एमाले पर्वतमा पदम गिरी समूह हाबी, गर्यो क्लीन स्वीप
एमाले पर्वत अधिवेशनः पदमपाणी र गोविन्दमा कसले जित्ला?
[अपडेट] पर्वत जलजलामा दम्पति हत्या: पोखराबाट विज्ञ चिकित्सक बोलाएर थप अनुसन्धान
पर्वतमा एक दम्पती घरभित्रै मृत फेला
चार दिनदेखि कुश्माबजार अन्धकार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग