वैदेशिक रोजगारीमा गएका युवाको ग्याङ फाइट : १ सयभन्दा बढी जेलमा

वैदेशिक रोजगारीमा गएका युवाको ग्याङ फाइट : १ सयभन्दा बढी जेलमा

gyang-fightt

वैदेशिक रोजगारीमा गएका नेपाली गन्तव्य देशमा होहल्ला र झै–झगडाका कारण ज्यान गुमाउने क्रम बढ्न थालेको छ । अन्य देशबाट रोजगारीका लागि पुगेका श्रमिकसँग झगडा गर्दा धेरै नेपाली कानूनी झमेलामा समेत पर्ने गरेका छन् । बुधबार कतारमा बंगलादेश नागरिकसँग सामूहिक ग्याङ फाइट पर्दा एक जना नेपाली ज्यान गुमाए । ग्याङ फाइटमा सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको कतारस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यो ग्याङ फाइटमा अरु पाँच जना नेपाली घाइते भएका छन् । उनीहरुको उपाचार भइरहेको दूतावासले जनाएको छ । यस्तै, गत वर्ष युएईमा नयाँ वर्षको अवसरमा नेपाली, भारतीय र थाइल्याण्डका कामदारबीच सामूहिक ग्याङ फाइट परेको थियो । त्यो ग्याङ फाइटमा पनि नेपाली युवा घाइते भएका थिए ।

मदिराले निम्त्याउने ग्याङ फाइट

यस्ता ग्याङ फाइटको मुख्य कारण मदिरा सेवन देखिएको छ । मदिरा सेवन गरेर केटी जिस्काउँदा दुई समूहबीच कुटाकुट हुने गरेका घटना धेरै छन् । आपसी विवाद र अपशब्द बोल्दा बेग्लाबेग्लै देशका श्रमिकबीच फाइट पर्छ। युएईको ग्याङ फाइटलाई नियन्त्रण गर्न युएई प्रहरीलाई निक्कै समय लागेको थियो । नियन्त्रणमा आएपछि खुल्ला रुपमा कुटाकुट गर्ने नेपाली युवालाई स्वदेश फर्काइएको थियो । ३ वर्षअघि मलेसियामा नेपाली र तामिल नागरिकबीच झगडा हुँदा २ जना नेपालीले ज्यान गुमाएका थिए । मलेसियामा व्यक्तिगत झगडाका कारण धेरै नेपाली ज्यान गुमाउने गरेका छन् । पछिल्लो समय रोजगारी र अध्ययनका लागि जापान पुगेका नेपाली विद्यार्थीहरुको पनि अन्य देशबाट अध्ययनका लागि आएका विद्यार्थीसँग सामूहिक झगडा पर्ने गरेको छ ।

वैदेशिक रोजगारीमा गएका विदेशी कामदारबीच आफनो देशका बारेमा राम्रा नराम्रा टिकाटिप्पणी हुँदा सामूहिक झगडा हुने गरेको छ । आफ्ना देशका बारेमा यस्तो–उस्तो भनेर अर्को देशका कामदारले नराम्रो टिप्पणी गर्दा झगडाको वातावरण सिर्जना हुने गरेको श्रमिकले नै बताउँछन् । मलेसियामा रोजगारीका लागि पुगेका नेपाली कामदारको अन्य देशका श्रमिकसँग धेरै सामूहिक झगडा गरेका घटना दूतावासमा आउने गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका द्वितीय राजदूत कुमारराज खरेलका अनुसार रोजगारीका लागि विभिन्न देशबाट आएका श्रमिकबीच कुरा नमिल्दा सामूहिक झगडा हुने गरेको छ । यस्ता झगडा रोक्न दूतावासले सचेतना कार्यक्रम चलाउने गरेको खरेलले जानकारी दिए ।

हाल, मुश्लिम राष्ट्रमा मुश्लिमहरुको चाँड इद चलिरहेको छ । इद मनाउन छुटी पाएका विदेशी श्रमिकहरुबिच झगडा भएको दूतावासले जानकारी दिएको छ । बुधबार भएको सामूहिक झगडाका बारेमा कतार प्रहरी अुनसन्धान गरिरहेको छ । नेपाली मृत्यु हुनेगरी भएको झगडामा दूतावासले पनि अनुसन्धान र घाइतेसँग सोधखोज गरीरहेको दूतावासले जानकारी दिएको छ । हालसम्म सामूहिक झगडका कारण कतिले ज्यान गुमाउन भने तंथ्याक चाँही नियोग छैन ।

यसरी हुन्छ सामूहिक झगडा

वैदेशिक रोजगारीमा गएका विदेशी कामदारबीच आफनो देशका बारेमा राम्रा नराम्रा टिकाटिप्पणी हुँदा सामूहिक झगडा हुने गरेको छ । आफ्ना देशका बारेमा यस्तो–उस्तो भनेर अर्को देशका कामदारले नराम्रो टिप्पणी गर्दा झगडाको वातावरण सिर्जना हुने गरेको श्रमिकले नै बताउँछन् । यस्तै, मदिरा सेवनका कारण पनि विदेशी श्रमिकबीच धेरै सामूहिक झगडा हुँदै आएको छ । यस्तै, पछिल्लो समय रोजगारीका लागि विदेशी महिला जाने क्रम बढेसँगै केटीका विषयमा विदेशी श्रमिकबीच सामूहिक झगडा पर्ने गरेको दूतावासहरुले बताउदै आएका छन् ।

मलेसिया र युएईमा धेरै महिलाका कारण पनि सामूहिक झगडा हुने गरेको छ । कतिपय विषयमा यतिकै पनि झगडा पर्ने गरेको छ । रोजगारीका लागि युएई आएका कामदारलाई युएईमा रहेको नेपाली दूतावासले होहल्ला, मदिरा सेवन र सामूहिक झगडा नगर्न सावजानिक सूचनामार्फत जानकारी गराउदै आएको आएको युएईस्थित नेपाली दूतावासका राजदूत कृष्णप्रसाद ढकालले बताएका छन् । दूतावासले सबै विषयमा सूचनामार्फत जानकारी र सचेतना गराउदै आएको उनको भनाई छ ।

१ सयभन्दा जेल

रोजगार गन्तव्य देशमा रोजगारीका लागि गएका नेपाली सामूहिक झगडा गर्दा धेरै जेल पर्ने गरेका छन् । हाल विभिन्न देशमा रोजगारीका लागि पुगेका १ सयभन्दा बढी नेपाली श्रमिक होहल्ला र झैझगडा कारण जेल जीवन बिताउन बाध्य भएको परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगारसम्बन्धी पश्चिम हेर्ने शाखाले जानकारी दिएको छ । युएई रोजगारीका लागि पुग्ने विदेशी कामदारबीच पनि धेरै सामूहिक झगडा पर्ने गरेको छ । जसमा नेपाली र बंगलादेशका श्रमिकबीच धेरै सामूहिक झगडा पर्ने गरेको घटना धेरै छन् ।

यसरी सामूहिक झगडामा सामेल भएका विदेशी श्रमिकलाई सम्बन्धित देशले ३ महिना जेल र सजाय स्वरुप जरिवाना तिराएर स्वदेश फकाउने गरेको छ । यसका कतिपय ज्यान मुद्दामा जेल जीवन बिताइरहेको शाखाले जानकारी दिएको छ । उनीहरुलाई झगडाबाट पुराएको क्षतिपूर्तिको आधारमा जरिवाना र सजाय हुने गरेको छ ।

मलेसिया र युएईमा धेरै ग्याङ फाइट

वैदेशिक रोजगारीमा गएका नेपालीको सामूहिक झगडा धेरै मलेसिया र युएईमा हुनेगरेको त्यहाँ कुटनीतिक नियोगले बताउँदै आएका छन् । मलेसिया र युएईका दूतावासले चाडपर्वका बेला मदिरा सेवन गरेर झैझगडा नगर्ने विज्ञप्तिमार्फत कामदारलाई जानकारी गराउँदै आएका छन् । यी देशमा रहेका नेपाली कामदारलाई सूमहमा भेला भएर होहल्ला नगर्न समेत दूतावासले आग्रह गदै आएको छ । मलेसियामा नेपाली र अन्य देशका श्रमिकबीच झगडा पर्दा धेरै नेपाली घाइते हुने गरेका छन् । यसरी घाइते भएका कामदारको रोजगारदाता र दूतावासको सहयोगमा उद्दार गरेर स्वदेश ल्याउन फर्काइन्छ । युएई रोजगारीका लागि आएका विदेशी कामदारबीच पनि धेरै सामूहिक झगडा पर्ने गरेको छ । जसमा नेपाली र बंगलादेशका श्रमिकबीच धेरै सामूहिक झगडा पर्ने गरेको घटना धेरै छन् । पछिल्लो समय साउदी अरब, कतार र कुवेतमा पनि विदेशी कामदारहरुबीच सामूहिक झगडा पर्ने गरेको घटना दूतावासले सार्वजानिक गदै आएका छन् । यस्तै, भारत र पास्कितानका श्रमिकबीच क्रिकेट खेलका बारेमा पनि धेरै सामूहिक झगडा पर्ने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ