२.० फिल्मको धमाकेदार कलेक्शन, तेस्रो दिनमै १०० करोड बढि कमाई

२.० फिल्मको धमाकेदार कलेक्शन, तेस्रो दिनमै १०० करोड बढि कमाई

2.0 Film

काठमाडौ । साउथका सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी अक्षय कुमारको नयाँ फिल्म २.० ले दोस्रो दिन पनि बक्स अफिसमा धमाका मच्चाएको छ ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने यो फिल्मको विश्वभरीको कमाई जोड्ने हो भने फिल्मले करिब सय करोड भारुको कमाई गरेको छ । दोस्रो दिन चेन्नईमा मात्र फिल्मले ४.७७ करोड भारु कमाएको छ । जबकी पहिलो दिन यो आँकडा दोस्रो दिनको भन्दा आधा कम थियो । पहिलो दिन चेन्नईमा २.३७ करोड भारु कमाई भएको थियो ।

यस्तै यो फिल्मको हिन्दी संस्करणले २०.२५ करोड कमाईसकेको छ जबकी दोस्रो दिन यो आँकडा १९ करोड भारु रुह्यो ।

#2Point0 in Hindi had a very good Saturday.. Early Estimates for All-India Nett for Day 3 is ₹ 25 Crs..

This is better than Day 1 by nearly ₹ 5 Crs..

— Ramesh Bala (@rameshlaus) December 2, 2018
ट्रेड एनलिस्ट रमेश बालाका अनुसार फिल्मले तेस्रो दिन लगभग २५ करोड भारुको कलेक्सन गरेको छ । यो फिल्मले अन्य भाषामा पनि राम्रो कमाई गरिरहेको छ । लगभग पाँच सय करोडको लागतमा बनेको यो फिल्मले सेटलाइट, डिजिटल राइट्समार्फत योभन्दा बढी कमाइसकेको छ ।

#2Point0 No.1 in the Following Countries Box Office – 1st Weekend:

1. #India

2. #Pakistan

3. #UAE

4. #SriLanka

5. #Malaysia

6. #Singapore

7. #Australia

— Ramesh Bala (@rameshlaus) December 1, 2018
फिल्मको सबै भाषाका संस्करणको कूल कमाई लगभग सय करोड भारु बताइएको छ । यो फिल्मलाई लायका प्रोडक्शनले निर्माण गरेको हो र यसको हिन्दी संस्करणलाई धर्मा प्रोडक्सनले डिस्ट्रिब्यूट गरिरहेको छ ।

#2Point0 2 Days WW BO:

Gross:#India – ₹ 135 Crs

Overseas – ₹ 55 Crs

Total – ₹ 190 Crs

— Ramesh Bala (@rameshlaus) December 1, 2018

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ