उड्ने ट्याक्सीको मेल्बर्नमा टेस्ट राइड हुँदै, ग्राहकले स्मार्टफोनबाट बोलाउन सक्ने

उड्ने ट्याक्सीको मेल्बर्नमा टेस्ट राइड हुँदै, ग्राहकले स्मार्टफोनबाट बोलाउन सक्ने

flying_taxi

एजेन्सी : उबर कम्पनीले आकाश उड्ने (हवाई) ट्याक्सी बनाएको छ । निर्माता कम्पनीले केही समयपछि नै यसको टेस्ट राइड (परीक्षण उडान) गर्ने तयारी गरिरहेको छ । उबर ग्रुपले अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेल्बर्नमा अन्तर्राष्ट्रिय टेस्ट राइड गर्ने योजना बनाएको छ ।

यसअघि युएस राइड सेरिङ कम्पनीले पहिलो पटक अमेरिका बाहिर टेस्ट राइडका लागि दुबईलाई आफ्नो छनोटमा पारेको थियो । तर दुवईमा यसको परीक्षण उडान गर्न ढिलाई भएको थियो । पाइलटविहीन यस ट्याक्सीको सन् २०२० मा मेल्बर्नमा र अमेरिकाको लस एन्जल्स र डल्लासमा परीक्षण उडान हुने कम्पनीले बताएको छ ।

यो ट्याक्सीको व्यापारिक उडान भने सन् २०२३ बाट मात्रै सुरु हुनेछ । उबरको रोडमा चल्ने ट्याक्सी जस्तै यस हवाई टयाक्सीलाई पनि ग्राहकहरुले स्मार्टफोनको एपबाट बोलाउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ