आदिवासी जनजाति पत्रकार (फोनिज) गण्डकीको अध्यक्षमा आस्था, पत्रकार अमात्य सम्मानित

आदिवासी जनजाति पत्रकार (फोनिज) गण्डकीको अध्यक्षमा आस्था, पत्रकार अमात्य सम्मानित

fonij gandaki

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आज सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा एमबी आस्थामगर चयन भएका छन् ।

सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा दिल शिरिष मगर, उपाध्यक्षमा कमला राना (महिला), महासचिवमा रुद्र श्रीस मगर, सचिवमा खिमा गुरुङ (संगठन) र सुनिता थापामगर (संस्थागत), कोषाध्यक्षमा सिर्जना राना चयन भएका छन् । यस्तै, सदस्यहरुमा सुशान्त गाहा मगर, सुमन गुरुङ, गणेश गुरुङ, तिलक गुरुङ, मुना थापा मगर, सूर्यकुमारी महतो, सुमन थापा मगर, मिना थापा मगर र मनिलाल सरब्जा गुरुङ चयन भएका छन् ।

सो अवसरमा कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट उदयबहादुर अमात्य सम्मानित भए । उनलाई प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र विशेष अतिथि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले नगद १५ हजार सहित सम्मान गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ