गाँजालाई कानूनी मान्यता दिन माग, मिस नेपाल श्रृंखलाका बाबु विरोध संसदमै बोले

गाँजालाई कानूनी मान्यता दिन माग, मिस नेपाल श्रृंखलाका बाबु विरोध संसदमै बोले

birodh

सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई मान्यता दिन माग गरेका छन् । बुधबार संसदको बैठकमा बोल्दै उनले अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी प्रश्न गरे ।

‘अमेरिका थाइल्याण्ड क्यानडाले वैधानिक ढंगले बेचबिखन गरेका छन् । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौं ?’ उनले प्रश्न गरे ‘सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्ने, गरिब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने ?

जुन जुन विधि र ढाँचाबाट भए पनि नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्ने सांसद खतिवडाले बताए । नेपालमा समातिएका गाजा नष्ट गरे पनि नेपालमै सिंहदरबार बैद्यखानाले गाजा बाहिरबाट किनेर ल्याउने गरेको पनि सांसद खतिवडाले बताए । उनकी सुपुत्री श्रृंखला खतिवडाले मिस वल्र्डमा राम्रो प्रदर्शन गरेपछि झनै खतिवडा परिवारको चर्चा चुलिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ