गण्डकी प्रदेशमा बन्दको प्रभाव : नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी

गण्डकी प्रदेशमा बन्दको प्रभाव : नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी

gadi-aaglagi-mayer-kawasoti

पोखरा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आब्हान गरेको नेपाल बस्दका कारण गण्डकी प्रदेशका अधिकांस ठाउँको जनजीवन प्रभावित भएको छ । प्रदेश राजधानी पोखरासहित विभिन्न जिल्लाहरुमा सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्थाहरु पनि बन्द गरिएको छ ।

पोखराको तीन ठाउँमा बम भेटियो

पोखराको बिभिन्न तीन स्थानमा बम भेटिएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेको नेपाल बन्दको दिन (आज) पोखराका बिभिन्न तीन स्थानमा बम भेटिएको हो । प्रहरी स्रोतका अनुसार पोखराको चाउथे, बिरौटा र तालचोक डाँड-को नाक चोकको बीच भागमा बम भेटिएको हो ।

नवलपुर नगरपालिकाका उपमेयर चढ्ने गाडीमा पेट्रोल छर्केर आगजनी

नवलपुरको कावासोती नगरपालिकाका उपमेयर चढ्ने सरकारी गाडीमा आगजनी भएको छ । नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा गएराति आगजनी भएको हो । राति साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंग गरी राखेको गाडिमा आगजनी भएको हो ।

 गाडीमा पेट्रोल छर्केर आगजनी भएको तर तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । उपप्रमुख मर्दनियाका अनुसार मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका हुन् ।

बाग्लुङ पनि शंकास्पद बस्तु भेटियो
बाग्लुङ नगरपालिका वडा नम्बर २ श्रीनगर टोलमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बागलुङबाट चल्ने लामो दुरीको छोटो दुरीको सवारीसाधन नचल्दा गन्तव्यमा पुग्ने यात्रु मर्कामा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ