Gandak News
Our News Your Views
Url

गृह मन्त्रालयबाट नै करिब ३ कराेड बराबरकाे दुई गाडी गायब

काठमाडौं  – गृह मन्त्रालतबाट थायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा ६ च १० २५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन ।

हराएको उक्त जिपको मूल्य नेपालमा २ करोड २५ लाखदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ ।  गृहमा रहँदा सहसचिव कोइरालाले आवश्यकता आधारमा निर्वाचन आयोगबाट मागेको बा ६ च २८०२ नम्बरको स्कारापियो गाडी सरुवा भएपछि सँगै लगेका थिए ।

सो गाडी खोजी गर्दा बिनाजानकारी सहसचिव कोइरालाले प्रयोग गरेको पाइएपछि गाडी फिर्ता गर्न गृहले पत्राचार गरेको थियो । यो समाचार टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।

Loading...

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?