गैँडाकोटमा एक्ली बृद्धाको हत्या गरी लुटपाट, तीन छोरा जापान र अष्ट्रेलिया

गैँडाकोटमा एक्ली बृद्धाको हत्या गरी लुटपाट, तीन छोरा जापान र अष्ट्रेलिया

Hatyaa

सांकेतिक तस्विर

कमला राना । नवलपुरको गैँडाकोट नगरपालिकामा एक बृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार स्थानीय मनकामना टोल निवासी बृद्धा भुमा देवी खत्रीको हत्या भएको हो ।

घरमा एक्लै बस्दै आएकी खत्रीको गरगहना लुटिएको छ । खड्काको कान, टाउको र अनुहारमा चोट लागेको छ । धारिलो हतियार प्रहार नगरेको भएपनि उनलाई गहना लुट्ने क्रममा कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको तीन छोरा जापान र अष्ट्रेलियामा बस्दै आएका र उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।

घटनामा संलग्न रहेको आशंकामा खोटाङ खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्कालाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ