तनहुँको भानुमा २ हजार बढी गाँजाको बोट नष्ट

तनहुँको भानुमा २ हजार बढी गाँजाको बोट नष्ट

Gaja Bhanu fadani1

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले एकै दिनमा २ हजार बढी गाँजाको बोट काटेर नष्ट गरेको छ । गाँजा नष्ट अभियानअन्तर्गत तनहुँको भानुमा स्थानीयवासी र जनप्रतिनिधिको समेत सहभागितामा प्राकृतिक रुपमा उम्रेका गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरि कार्यालयले जनाएको छ ।

जिल्लामा गाँजाको कारोबार गर्ने व्यक्तिको सङ्ख्या बढेको कारण भानुमा त्यसलाई न्यूनीकरण गर्न अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।

अभियानअन्तर्गत जिल्लाको भानु नगरपालिका वडा नं. ५ नागनागिनी, मैबल, कोटकालिका, पोखरथोक, कोखे र हटियाटोल एरियामा गाँजा काटेर नष्ट गरेको प्रहरी जनाएको छ ।

स्थानिय जन-प्रतिनिधी, आमा समुहका साथै स्थानिय शिक्षकहरुको उपस्थितीमा प्राकृतिक रुपमा उम्रेका अन्दाजी २ हजार भन्दा बढी गाँजाको बोटहरु नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत रहेको ईलाका प्रहरी कार्यालय भानु, ई.प्र.का. भानु मुकाम डुम्रे र प्र.चौ. भन्सार समेतबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा स्थानीय संगै गाँजाको बोट नष्ट गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds