पोखराको शितलादेवी मावि र विन्ध्यवासिनी मावि गण्डकी प्रदेशमा उत्कृष्ट विद्यालय बनेका छन् । यस्तै, बाग्लुङको गणेश मावि पनि उत्कृष्ट ठहरिएको छ । सामुदायिक विद्यालय तर्फ शितलादेवी प्रदेशमै सर्वोत्कृष्ट बन्दा गणेश मावि दोस्रो र विन्ध्यवासिनी मावि तेस्रो उत्कृष्ट भएका हुन् ।
उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै सरकारी विद्यालय तर्फ यी विद्यालयहरु गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल भएका हुन् । ४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले यी विद्यालयहरुलाई सम्मान ग¥यो ।
कार्यक्रममा विद्यालयहरुलाई नगदसहित उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ , सामाजिक विकास मन्त्री नरदेवी पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष एवं विद्यालय प्रतिनिधिहरुलाई नगद र प्रमाणपत्र प्रदान गरे ।
नेपाली विषयतर्फ विन्ध्यवासिनी मा.वि कै शिक्षक भेषराज पौडेल लगायत सम्मानित भएका छन् ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग