गण्डकी प्रदेश लोक सेवा गठन गर्ने बिधेयक प्रमाणिकरण

गण्डकी प्रदेश लोक सेवा गठन गर्ने बिधेयक प्रमाणिकरण

pradesh pramukh

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘प्रदेश लोक सेवाको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले आइतबार प्रमाणिकरण गरेका हुन् ।

विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो । गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले साउन १२ गते प्रमाणित गरेको विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा साउन १४ गते पठाएको थियो । प्रदेश प्रमुख कुँवरले आइतबार नै पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए ।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र संघीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक÷एक प्रति पठाइएकोे बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds