बाँदर नियन्त्रणका लागि गण्डकी प्रदेश सांसद पहारीले दश लाख दिने

बाँदर नियन्त्रणका लागि गण्डकी प्रदेश सांसद पहारीले दश लाख दिने

badar

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले अन्नपूर्ण गाउँपालिकामा गरेको एक कार्यक्रममा पहारीले यस्तो आश्वासन दिएका हुन् ।

कृषकका समस्या केही हदसम्म पुरा गर्ने उदेश्यले बाँदर नियन्त्रणका लागि सांसद विकास कोषबाट १० लाख रुपैयाँ दिने उनले आश्वासन दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक दिपकजंग ध्वज कार्कीले गाउँपालिका सबै वडाको प्रोफाइल तयार गर्न आग्रह गरे ।

कृषि उत्पादनमा अत्याधिक विषादी प्रयोग हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै अनुगमनको खाँचो औल्याए । अन्नपूर्ण गाउँपालिकाका कार्यकारी प्रमुख शेषकान्त पौडेलले नीति तथा कार्यकक्रमाको बारेमा प्रकाश पारेका थिए ।

‘नीति तथा कार्यक्रममा जनताको स–साना समस्याहरुलाई समेट्ने छौं’,उनले भने । स्वास्थ्य निरीक्षक टिकाराम भण्डारीले स्वास्थ्य क्षेत्रमा सुधारको खाचो भएको औल्याए । अन्नपूर्ण गाउँपालकाका शिक्षा प्रमुख बलराम भुगाई विद्यालयमा राजनीति गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ