अष्ट्रेलिया पठाइदिने भन्दै झण्डै १४ लाख ठगी गरी फरार

अष्ट्रेलिया पठाइदिने भन्दै झण्डै १४ लाख ठगी गरी फरार

ganga ram mahhato

अश्विन दानी, गोरखा । रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै चितवनका गंगाराम महत्तोले गोरखाका दुई जनासँग लाखौँ रुपिया लिएर फरार भएका छन् । गोरखा पाटेचौरकी सकुन अधिकारी र अश्राङको रमेश लम्सालसँग १३ लाख ९० हजार रुपैँया ठगी गरी भागेका हुन् ।

छोरालाई बिदेश पठाईदिन्छु भन्दै महत्तोले आफूसँग आठ लाख ४० हजार रुपैँया लिएको रमेशकी आमा फूलमायाँ लम्सालले बताईन् । ‘महत्तोलाई मेरै भाईले चिनेको रहेछ । भाईले नै उसले अष्ट्रेलिया लगिदिन्छ भान्जालाई पठाईदिउँ भन्यो’ उनले भनिन् ‘छोरा १२ कक्षा पढ्दै थियो । उस्ले पनि मामाको कुरा सुन्ने बित्तिकै म अष्ट्रेलिया गएर धेरै पैसा कमाउँछु अनि छिट्टै क्रण तिर्छु भन्यो ।’ उनले थपिन्, ‘छोराले बिदेश गएर कमाउँला अनि सुख काटौँला भनेर जेनतेन क्रण खोजेर दिएँ । तर, नत छोरालाई बिदेश पठाइदियो नत पैसा नै फिर्ता दियो ।’

महत्तोलाई बिदेश जाने आशमा आफूले करीब पाँच लाख ५० हजार रुपैँया रकम बुझाएको सकुन अधिकारले बताइन् । अष्ट्रेलिया पठाइदिने भन्दै पैसा लिएपनि नपठाई दिएपछि आफू दुबई आएको उनले बताईन् । ‘अष्ट्रेलिया पठाईदिनछु भन्दै मेरो साँढे पाँच लाख जति लिग्यो । तर, बिदेश पठाएन’ उनले दरौँदीसँगको सम्पर्कमा भनिन्, ‘मैले अष्ट्रेलिया नपठाउने भए मेरो पैसा फिर्ता दे भनेर पटकपटक भनेँ । तर, उस्ले उल्टो धम्की दिँदै तेरो एक रुपैँया दिन्न जे गर्न सक्छेस् गर भन्यो । त्यसैले त्यो पैसा फर्कने आश नलागेर म क्रण खोजेरै दुबई आएको हुँ ।

महत्तोले अष्ट्रेलिया पठाउनका लागि प्रतिब्यक्ति २२ लाख रुपैँयासम्म माग्ने गरेको फुलमायाँ बताउँछिन् । ‘सुरुमा त्यस्ले २२ लाख रुपैँया लाग्छ भनेको थियो’ उनले. भनिन्, ‘मैले २२ लाख रुपैँया तिर्न सक्दिँन भनेपछि उस्ले फेरि अहिले १०÷११ लाख दिनु्स् बाँकी छोराले कमाएपछि दिनु होला भन्यो । उसैको कुरा मानेर क्रण खोजेरै भएपनि आठ लाख ४० हजार रुपैँयासम्म दिएको थिएँ त्यसपछि त्यो सम्पर्कमै आएन ।’ उनले हाल आठ लाख रुपैँयाको मासिक ब्याज ४० हजार रुपैँया बुझाउनु पर्ने बताउँछिन् ।

‘छोरा बिदेश गएर कमाउँला क्रण तिर्ला र सुख काटौँला भनेको थिएँ’ उनले रुँदै भनिन्, ‘महिनाको ४० हजार ब्याज नै तिर्नुपर्छ । बुढोले बल्लतल्ल महिनाको २० हजार जति कमाउनु हुन्छ । त्यस्ले घर खर्च चलाउनै ठिक्क हुन्छ ।’ बिदेश लगिदिने आशवासन देखाउँदै छोराको सक्कली शैक्षिक प्रमाणपत्र समेत महत्तोले लगेको भन्दै उनले गुनासो गरिन् ।
‘सुरुमा २२ लाख रुपैँया जति मागेको थियो’ सकुनले भनिन्, ‘भारतमा इन्टरभ्यू र डक्टरी गर्नै भन्दै लगेको बेला केही दिनमै उठाइदिन्छु भन्दै बर्षदिनसम्म झुलायो अनि मैले बिदेश नपठाउने भए पैसा फिर्ता गर भन्दा धम्की दिएपछि मैले त्यता वास्ता गर्न छाडेको हुँ ।’

महत्तोले उनीहरुलाई अष्ट्रेलिया जानका लागि अन्तरवार्ता भन्दै पटकपटक भारत लगेको रमेशले बताए । ‘हामीलाई त्यस्ले आठ पटकसम्म भारत लगेको छ’ उनले भने, ‘भारतमा लगेर कहिले ईन्टरभ्यू गराउँथ्यो त कहिले डक्टरी, अनि पैसा पनि लिन्थ्यो । तर, पैसा खाएर २०७४ फागुन महिनादेखि सम्पर्कमै छैन् ।’ महत्तोले बिदेश लगिदिने भन्दै आफ्नै आँखा अगाडि अन्य २०-२१ जनासँग पनि लाखौँ रुपैँया लिएको उनी बताउँछन् ।

‘म र रेशम हरेक चोटी संगसँगै भारतमा पनि पुग्यौँ’ सकुनले भनिन्, ‘हामीलाई भारत लगेर पनि धेरै पैसा लियो । तर, बिदेश पठाएन । मसँगै अन्य बिभिन ठाउँका २०-२१ जनालाई पनि ठगेर भागेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ