नाटक देखाउन जर्मनी पुगेका ३ पोखरेली कलाकार उतै लुकेको पुष्टि, सम्झना फर्किइन्

नाटक देखाउन जर्मनी पुगेका ३ पोखरेली कलाकार उतै लुकेको पुष्टि, सम्झना फर्किइन्

Kalakar1

जर्मन सरकारको निमन्त्रणामा मोफसलबाट पहिलो पटक नाटक घेरो लिएर जर्मनी पुगेको १२ जनाको टोलीमा पहिले ८ जना मात्रै फर्किए, ४ जना फर्केनन् । यद्यपी, पछि पछि एक जना पनि फर्किए । तर यहाँ कलाकार जर्मनीमै लुकेको खबर फैलियो । सामाजिक सञ्जालमा निकै टिकाटिपपणी भए ।

पोखराबाट थियटरका अध्यक्ष कपिल शर्मा, सचिव सौगात पोखरेल, नाटकका लेखक केदार पौडेल, कलाकारहरु सम्झना अधिकारी शर्मा, अञ्जना पौडेल (संरचना), मधुसुदन पौडेल, विमल पौडेल, शर्मिला बस्नेत, लक्ष्मण डुम्रे, रामहरि अधिकारीका साथमा काठमाण्डौबाट सरोज अर्याल, सन्दिप डंगोल टोलीमा थिए । शर्मा नाटकका लेखक केदार पौडेलकी पत्नी हुन् । एक हप्तापछि नेपाल फर्कने बेलामा पोखराकै ४ जना गायब भए । मधुसुदन पौडेल, शर्मिला बस्नेत, अञ्जना पौडेल र सम्झना अधिकारी शर्मा टोलीसँगै फर्केनन् । तर, सम्झनाको ११ दिनको भिसा म्याद रहेकाले उनी आउँदै गरेको थाहा भएपछि हराउने जम्मा ३ जना भएको पुष्टि भयो । मधुसुदन पोर्चुगल पुगिसकेका छन्, अन्य २ जना अञ्जना र शर्मिला कहाँ पुगे उनका परिवार बाहेक अरुलाई पत्तोे नहोला, तर भाग्न चाहिँ भागे । उतै लुके ।

टिकाटिप्पणीबाट आजित भएर युथ क्रियसन थिएटरका सचिव तथा लोक नाटक घेरोका ब्यबस्थाक सौगात पोखरेलले २५ गते राती नै १२ बजेर ४० मिनेट जादा फेसबुकमा एउटा पीडा सहितको स्टाटस लेखे – “एक हप्ताको जर्मन यात्राले धेरै असर गर्ने देखियो । जो त्यतै लुके आनन्द छ । जो देश फर्केर आयो उसैलाई प्रश्न छ , शंका छ र गाली छ । घर आयो तँ किन लुकिनस भन्ने कै बहुमत छ । भात खाएर सुत्न लायो उताको टाईम नमिली निन्द्रा लाउन्न, तिनबजेसम्म यसरी गाह्रो छ हजुर गाह्रो । आउनुस तँपाईहरुले नि बजाउनुस देश फर्कनेलाई ताकी अर्कोचोटी उसले देश फर्कने हिम्मत नगरोस ।”

युथ क्रियसन थिएटर पोखरा विवादमा मुछिएपछि शुक्रबार पत्रकार सम्मेलन गरी आधिकारीक धारणा राख्यो । सचिव सौगात पोखरेलको भनाई सार संक्षेपमा:

आयोजकले हामीहरुलाई ३० जना सम्म आउन सक्छौ भनेर निमन्त्रणा गरेका थिए तर हामीले १२ जनाको मात्रै भिसा निबेदन दियौ सबैको भिषा लाग्यो तर निकै छोटो समयमा । बिहिबार भिषा लाग्यो हामी आईतबार हिड्नु पर्ने बिहिबार कार्यक्रम थियो । छोटो अबधिमै टिकट काट्नु पर्ने भएकाले हामीले एउटै जहाजमा टिकट पाएनौ अनि २ बटा प्लेनमा गयौं । हामी ल्याण्ड भएको बिमानस्थलबाट हामी बस्ने होटल करिब ३ सय किलो मिटर टाढा थियो तर २ घण्टामै पुगियो । हामी बिहिबार मध्यान्न १२ बजे पुग्यौ अनि हाम्रो कार्यक्रमको तयारी स्वरुप रिहर्सल ग¥यौ त्यस पछि होटलमा गयौं । हामीले यहिबाट सबैसँग ब्यक्तिगत रुपमा सम्झौता गरेका थियौ जसरी पनि सबै जना फर्कने विषयमा । हामी त्याँहा पुगेको पहिलो दिन बेलुका पनि हामीले सामुहिक मिटिङ्ग गरेर पुनः प्रतिबद्धता जनायौ। अनि सेप्टेम्बरमा क्यानडामा जाने भएकाले कसैले पनि बैमानी नगर्ने सामुहिक रुपमा प्रतिबद्धता पनि जनाएकै हो ।

पुर्व निर्धारित तालिका अनुसार गत शुक्रबार हाम्रो नाटक दुई स्थानमा देखाउन पर्ने थियो । बिहान सात बजे खाजा खाएर हामी हाम्रो नेपाली पोशाक सहित राष्ट्रिय झण्डा फहराउँदै कार्यक्रम स्थलमा पुग्यौ । कार्यक्रम हामीले सोचेको भन्दा सयौ गुना भब्य रहेछ । जहा ४३ देशका नाटक र सास्कृतिक कार्यक्रमहरु थिए । पहिलो दिनमा हामीले निकै राम्रो र भब्य तबरले नाटक देखाएर राती १ः०० बजे होटल फर्कीयौ । बिहान सातै बजे पुन कार्यक्रममा जानु पर्ने भएकाले हामी आफ्नो आफ्नो कोठामा सुत्यौ ।

हामी जर्मनको राजधानीबाट एक सय ६० किलो मिटर टाढाको ुबेस्ट वेस्ट होटेलु मा बसेका हौं । हामी ल्याण्ड भएबाटै हाम्रो साथमा त्याहाँका सहयोगी वा सुरक्षा कर्मी खटिएका थिए । भाग्ने सम्भाबना साह्रै न्युन थियो । पुर्व निर्धारित समय अनुसार हामी बिहान खाजा खाएर राष्ट्रिय पोशाकमा सबै जना ठाटिएर हिड्ने तरखर गरिरहदा तीन जना ९मुधुसुधन पौडेल, अञ्जना पौडेल र शर्मीला बस्नेत० ले नुन खान नपाएकाले पेटमा समस्या आयो आज झाँकी प्रर्दशन मात्रै हो त्यसैले होटलमै रेष्ट गर्छु भने अनि हामीले पनि हुन्छ भनी कार्यक्रममा गयौं ।

कार्यक्रमका बिचबिचमा हामीले उनिहरुसँग फेसबुक म्यासेन्जरमा कुरा गरिरहेका थियौं, उनिहरु होटलमै छौ भनेका थिए हामीले त्यस पछि बिरामी साथीहरुको उपचारका लागि आयोजकलाई भनेर होटलमै डक्टर पठायौं । होटल पुग्दा त उनिहरु छैनन, भन्ने खबर हामीलाई आयो । शर्मीला र अञ्जना रुम नं ४२८ अनि मधुसुदन ४२४ मा बसेका थिए । त्यस पछि हामीले तत्काल उनिहरुलाई सम्पर्क गर्न खोज्यौ तर सम्पर्क भएन । एकै चोटी राती मुधुसुदनले पोर्चुगल पुगेको खबर गरे ।

उनिहरु होटलका सबै लगेजहरु काउण्टरमा छोडेर एक सरो कपडा लगाएर भागे , त्यस लगत्तै हामीले उनिहरु भागे भनेर आयोजक र जर्मन दुताबासलाई खोजिदिन अनुरोध ग¥यौ । तर उनिहरुले भिषा अवधिभर खोज्न नमिल्ने जानकारी दिए ।

आज सम्म हामीले सबैसँग सम्पर्क रहने प्रयास गरेका छौ तर मधुसुधन बाहेक दुई जना बैनिहरुको सम्पर्क भएको छैन । उनिहरुलाई पठाएको म्यासेज सिन भएको छ तर प्रतिक्रिया छैन । हामीले अब उनिहरुलाई केहि गर्न सक्ने अवस्था छैन तर उनीहरुले हाम्रो सम्मानमा आच आउने काम गरेका छन् । जे सुकै भए पनि युथ क्रियसनको अभियान रोकिदैन । संस्थागत रुपमा हामी कहिल्यै पनि चुक्ने काम गर्ने छैनौ र चुक्दैनौ पनि ।

आउँदो सेप्टेम्बरमा क्यानडामा नाटक प्रर्दशन गर्न अफर लेटर आएको छ, हाम्रा मुख्य कलाकार हराए पनि हामी नाटक पुन तयार गरेर पनि लैजान्छौ र तीन महिना पछि अर्को नाटकको तयारी गर्छौ , सम्भब भएसम्म अर्को नाटक नागढुङ्गामा बन्दै गरेको हाम्रै नाटक घरमा प्रर्दशन गर्ने छौं ।

जक्सन डटकमको सहयोगमा । 

सम्बन्धित समाचार

http://gandaknews.com/4-artist/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ