बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका दलित बालबालिकालाई घडेरी उपलब्ध

बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका दलित बालबालिकालाई घडेरी उपलब्ध

5

महेन्द्र जिसी, पर्वत । बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका पर्वतको कुस्मा नगरपालिका – १४ कटुवाचौपारीका तीन दलित बालबालिकालाई ५ आना घडेरी उपलब्ध गराइएको छ । बाबु आमा नहुँदा सहारा बिहीन भएका बिशाल, बिवेक र बिश्वास परियारलाई सोमबार प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले लालपुर्जा हस्तान्तरण गरे ।

प्रमुख जिल्ला अधिकारीले दैनिक रुपमा जिल्लाको शान्ति सुरक्षा देखि नागरिकता, राहदानी सम्मका काम सम्पादन गर्छन् । आफ्नो काम यतिमा मात्रै सिमित नराख्ने पर्वतका प्रजिअ ढकालको पहलमा अनाथ वालवालिकहरुलाई जग्गा उपलब्ध गराइएको हो । ढकालले बाबुको मृत्युपछि आफ्ना नावालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका तीन बालबालिकालाई सहयोगी खोजेर घडेरी पास गरिदिएका हुन् ।

कुश्मा नगर पालिका ९ निवारी अनाथ वालवालिकाको स्थाई आवसको लागि ५ लाख मुल्य बराबरको जग्गा उपलब्ध गराई दिएको प्रशासनले जनाएको छ । तीन बालबालिकाको बिचल्ली देखेपछि उनीहरुलाई स्थायी बसोबास र शिक्षा दिने कुरामा पहल गर्ने रुची जागेर आफ्नो पहलमा जग्गा उपलब्ध भएको ढकालले बताए ।

जग्गाको लालपुर्जा हस्तान्तरण भईसकेको बताउँदै प्रजिअ ढकालले अनाथहरुको लागि आवास बनाउन पहल गर्ने बताए । जनस्तरबाट पनि ढकालको कामलाई प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ