चोरी हुन सक्ने भन्दै घर खाली नछोडन स्थानिय लाई मनाङ प्रशासनको अनुरोध (सुचना सहित)

चोरी हुन सक्ने भन्दै घर खाली नछोडन स्थानिय लाई मनाङ प्रशासनको अनुरोध (सुचना सहित)

m prasasan

नेगम परियार, मनाङ । हिमालपारीको जिल्ला मनाङका स्थानीबासीहरु हिउँदको समयमा जाडो छल्नका लागी जिल्ला बाहिर विभिन्न जिल्लाहरुमा जाने गर्दछन । सोहि समयमा घर तथा पसलहरु चोरी हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चामेले एक सुचना जाहेर गर्दै घर खाली नछोडन आग्रह गरेको हो ।

केहि समय अगाडी मात्रै एक पसलमा चोरी भए पछि सुरक्षा व्यबस्थालाई कडाई गर्नका लागी जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी यस्तो कदम उठाएको प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।

सोहि चोरी पछि तुरुन्तै एक बैठक बसी जिल्ला भित्र सुरक्षा कडा तथा निगरानीका लागी सबैले सहयोग गर्न समेत अनुरोध गरिएको देबकोटाले बताए । सो बैठक पस्चात चोरी तथा लुटपाट लगाएत अन्य अपराधिक कृयाकलापहरुको नियन्त्रणको लागी सबैमा सहयोगको अनुरोध गरिएको हो ।

सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिहरु लगाएत स्थानीय बुद्धिजिबिहरुको बैठक पस्चात यी र यस्ता कृयाकलाप नियन्त्रणका लागी मनाङ जिल्लाको सदरमुकाम चामे लगाएत आसपासका गाउँहरुमा समेत सुचनामुलक सन्देश सहित र्याली कार्यक्रम समेत गरिएको थियो ।

सो बैठकले १३ वटा जनसमुदायले अपनाउनु पर्ने साबधानीहरुको सूची सहित जनसमुदायलाई सचेत हुनको लागी आग्रह गरिएको हो । जाडो समयमा मनाङका स्थानीहरु अन्यनत्र जाडो छल्नको लागी जाने प्रचलन भएकोले सोहि समयमा चोरी हुन तथा हुने भएकाले घर खाली गरेर नहिडको लागी आग्रह गरेको हो ।

हाल मनाङ जिल्लाका सम्भाबित तथा संकास्पद स्थानहरुमा सुरक्षा व्यबस्था समेत बढाईएको प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ