पोखरामा श्रीमतीको हत्या गरी फरार घर्ति भैरहवाबाट पक्राउ

पोखरामा श्रीमतीको हत्या गरी फरार घर्ति भैरहवाबाट पक्राउ

pakrau

पोखरा । आफ्नै श्रीमतिको हत्या गरि फरार श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार राती पोखरा २७ रिठ्ठेपानीमा श्रीमतिको हत्या गरि भागेका श्रीमानलाई कास्की प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो ।

रिठ्ठेपानीमा डेरा गरि बस्ने ३२ बर्षिय शर्मिला घर्ति मगर विहिबार राती ८ बजेतिर मृत भेटिएकी थिईन् । त्यसपछि अनुसन्धान गर्ने क्रममा उनकै श्रीमान दुर्गाबहादुर घर्तिले हत्या गरेको खुलेको छ । हत्या गरेपछि उनी २ छोरा र १ छोरी लिई भागेका थिए ।

दुर्गालाई प्रहरीले शुक्रबार पक्राउ गरि कर्तब्य ज्यान मुद्धामा म्याद थप गरि अनुसन्धान थालेको छ । घर्तिलाई पक्राउ गर्न कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङको संयोजकत्वमा विशेष टोली गठन भएको थियो ।

घर्ती गुल्मि साबिक सिर्सेनी गाबिस वडा नम्बर ८ घर भई बिगत २ बर्ष देखि जिल्ला कास्की पोखरा २७ रिठेपानि स्थित घरमा डेरा गरी बस्दै बस्दै आएका थिए । उनी ग्रिल उद्योगमा काम गर्ने गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ