तनहुँको घाँसीकुवाबाट ३५२ थान लागुऔषध सहित ओसारपोसारमा संलग्न पोखराका गुरुङ पक्राउ

तनहुँको घाँसीकुवाबाट ३५२ थान लागुऔषध सहित ओसारपोसारमा संलग्न पोखराका गुरुङ पक्राउ

Milan Gurug
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार बिहानै लागुऔषध सहित ओसारपोसारमा संलग्न ब्यक्ति लाई पक्राउ गरेको छ ।
मंगलबार रात्रीकालिन बसलाई लक्षित गरी प्रहरीले व्यास नगरपालिका वडा नं १२ घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागुऔषध सहित ओसारपोसारमा संलग्न पोखरा महानगरपालिका वडा नं १६ अमरदिप बस्ने बर्ष २५ को मिलन गुरुङ पक्राउ परेका हुन ।
बुधबार बिहान २ : १५ बजेको समयमा काठमाण्डौबाट पोखरा तर्फ जान आउँदै गरेको बा ४ ख ७७१४ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्दा मिलन गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
गुरुङले शंकास्पद हरकत देखाएकोले बसमा सवार अन्य यात्रुहरु र बसका स्टाफ समेतको रोहबरमा उनलाई नियन्त्रणमा लिई तलासी लिँदा उनको साथमा रहेको झोला भित्र लुकाई राखेको अवस्थामा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
२ मिलको डाईजेपाम लेखेको तरल पदार्थ सहितको शिशी थान १२१, फेनरागन लेखेको २ मिलिको तरल पदार्थ सहितको शिशी थान १२० र नुफिन लेखेको २ मिलिको तरल पदार्थ सहितको शिशी थान १११ गरि जम्मा शिशी थान ३५२ थान लागु औषध पोखरा तर्फ लैजान लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानाएको छ ।
गुरुङलाई पक्राउ गरी लागु औषध मुद्धामा बुधबार नै  जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
 
यस्तो छ लागु तनहुँमा औषधको तुलनात्मक विवरण :
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अघिल्लो आ ब २०७४/७५ को श्रावण देखी  फाल्गुण ८ गते सम्म डाईजेपाम, नुफिन र फेनरागन गरी जम्मा ४६९ एम्पुल समातिएको थियो ।
त्यस्तै नाईट्रोभेट ४५ पिस र गाँजा २९० ग्राम बरामद भएको थियो । लागुऔषध सहि गतवर्ष १४ जना पक्राउ परेका थिए । जसमा पुरुष १३ र महिला १ जना रहेका थिए ।
त्यस्तै यस आ ब २०७५/७६ को श्रावण देखी  फाल्गुण ८ गते सम्म डाईजेपाम, नुफिन र फेनरागन गरी जम्मा २,९८० एम्पुल बरामद गरिएको छ ।
त्यस्तै ट्माडोल ५३० चक्की र गाँजा १६ किलो ८३० ग्राम बरामद भएको छ । लागुऔषध सहि यसवर्ष ५६ जना पक्राउ परेका छन । जसमा पुरुष ५२ र महिला ४ जना रहेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ