अमेरिका नाम गरेको ‘सुनको ट्वाइलेट’ दरबारबाटै चोरी भयो 

अमेरिका नाम गरेको ‘सुनको ट्वाइलेट’ दरबारबाटै चोरी भयो 

gold-toilet-blenheim-palace

इंग्ल्याण्डको अक्सफोर्ड स्थित ब्लेनहेम प्यालेसमा रहेको सुनको ट्वाइलेट चोरी भएको छ । ब्लेनहेम प्यालेसमा रहेको १८ क्यारेट सुनको ट्वाइलेट शनिबार राति चोरी भएको हो ।

चोरको समूहले राति प्यालेसमा पसेर सुनको ट्वाइलेट चोरी गरेको स्थानीय प्रहरीले जनाएको छ । अमेरिका नाम गरेको सो ट्वाइलेट दरबार अवलोकनमा आउनेले प्रयोग गर्न पाउने थिए ।

ट्वाइलेट फेला परेको छैन तर चोरीको आशंकामा ६६ वर्षका व्यक्ति पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ