२५ वर्षदेखि एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठद्वारा सगरमाथामा नयाँ कीर्तिमान (फोटोसहित)

२५ वर्षदेखि एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठद्वारा सगरमाथामा नयाँ कीर्तिमान (फोटोसहित)

Gopal Shrestha

पोखरा । विगत २६ बर्षदेखि एचआईभी पोजेटिभ संक्रमित पोखरा महानगरपालिका वडा नं ७ का ५६ वर्षीय गोपाल श्रेष्ठले नयाँ कीर्तिमान राख्दै विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गत चैत्र २९ गते सगरमाथा आरोहणको यात्रा सुरु गरेका श्रेष्ठले बुधबार विश्वकै पहिलो पटक सगरमाथा सफल आरोहण गर्ने एचआईभी संक्रमित व्यक्तिका रुपमा रेकर्ड राख्न सफल भएका हुन् ।

एचआईभी संक्रमितहरुले केही गर्न सक्दैनन भन्ने जनभावनालाई समेत तोड्दै श्रेष्ठले विश्वकै पहिलो पटक सगरमाथा विश्वकै पहिलो एचआईभी संक्रमित व्यक्तिका रुपमा कीर्तिमानी कायम गरेका छन् । श्रेष्ठले एचआइभीबाट संक्रमितले साहसिक काम गर्न नसक्ने, लामो समयसम्म बाँच्न नसक्के भन्ने कुरालाई गलत सावित गरेर एक उदारहणीय ब्यक्ति समेत बन्न सफल भएका छन् ।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा।लि। का फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।

विश्वभर छरिएर रहेका एचआइभी संक्रमितहरूको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियानमार्फत सन् २०१५ मा सगरमाथा चढ्ने प्रयास गरेका गोपाल विनाशकारी महाभूकम्पका कारण त्यसबेला सफल भएका थिएनन्। एचआइभी र एड्ससँग सम्बन्धित भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भए पनि यसपालि भने उनी सफल भए। महाभूकम्पका कारण आधार शिविरबाटै फर्केर आएका गोपालले सो समयमा आरोहण समूहका ५ सदस्य साथी गुमाउनुपरेको थियो।

सम्बन्धित समाचार :-

http://gandaknews.com/gopal-shrestha-sagarmatha/

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ