गोरखाबाट एक व्यापारी अपरहण !

गोरखाबाट एक व्यापारी अपरहण !

gorkha_oyucvjjsds_9zJUptLfVI

पोखरा । उत्तरी गोरखाको धार्चे गाउँपालिका १ यारुबगरका एक जना व्यापारी गएरातिदेखि सम्पर्कविहीन रहेका छन् । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार घार्चेका व्यापारी धनकमल गुरुङ राति १० बजे सम्पर्कविहीन भएका हुन् ।

गयराति यारुबगरबाट आफ्नै खच्चड धपाउँदै माछाखोलाभन्दा पारीसम्म आइपुगेका उनलाई राती करिब १० बजे अपरिचित ५÷६ जनाको समूहले अपहरण गरेको स्थानीयबासीको भनाई उद्धृत गर्दै अध्यक्ष गुरुङले गण्डक न्यूजलाई जानकारी दिए ।

उनले धपाउँदै ल्याएका खच्चडको काँटी खोलेर भारी खोलिएको अवस्थामा भेटिएको छ। घटनाबारे बुझ्न माछाखोला चौकीबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ