गोरखाको गण्डकी गाउँपालिकामा जिप दुर्घटना, ७ जना घाइते

गोरखाको गण्डकी गाउँपालिकामा जिप दुर्घटना, ७ जना घाइते

accident

गोरखा – गोरखाको गण्डकी गाउँपालिकामा जिप दुर्घटना भएको छ । तान्लिचोकबाट गण्डकी गाउँपालिका कार्यालय जाँदै गरेको वा २० च ५४५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटनामा परि ७ जना घाइते भएका छन् । जिप दर्बुङ्गको रानी स्वरामा सडकबाट ७० मिटर तल खसेको प्रत्यक्षदर्शीले जानकारी दिए । घाइते हुनेहरुमा सिता लामिछाने, मिना पन्त, सर्जन थापा, होम बहादुर थापा काजि थापा दिपक थापा र मिलन श्रेष्ठ रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई उपचारको लागि काठमाडौँ लगिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ