शुक्रबार गोरखामा पौडी खेल्न जाँदा हराएका दुई जना अझै भेटिएनन्

शुक्रबार गोरखामा पौडी खेल्न जाँदा हराएका दुई जना अझै भेटिएनन्

daraudi

नदीमा बेपत्ता दुई बालकको खोजी गरिँदै। तस्वीर: किशोरजंग थापा/गोरखा।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भोलाबहादुर रावलका अनुसार दुवै जना हराई रहेकाले उनीहरु पनि पौडी खेल्ने क्रममा रहमा डुबेको अनुमान गरीएको हो । शुक्रबार राती मात्र गुरुङ्ग संगै बि.क. र श्रेष्ठ वेपत्रा भए पछि परिवारले खोजी गरेको थियो । गुरुङ्गको भने शुक्रबार नै दिउसो ४ः३० बजे शव पानीमो उत्रिएको अवस्थामा फेला परेको थियो ।

शुक्रबार स्कुल छुट्टी भएर छरछरे रहमा पौडी खेल्न गएका उनीहरुको सनिबार बिहानै दखी साँझ सम्म खोलामा एक्साभेटर मेशिन प्रयोग गरेर खोजी गएिको थियो । शुक्रबार साँझ उत्तरी गोरखामा पानी परेको कारण दरौदी नदीमा पानी धमिलो भए पछि खोजी कार्य निरर्थक भएको थियो । खोला फकाउने र रह सुकाउने स्थानियको योजना समेत वर्षाले प्रभावित भएको थियो ।

आईतबार बिहानै देखी उनीहरुको खोजतलासमा स्थानिय र नेपाल प्रहरी लागि परेका छन । आईतबार पनि बिहानै देखी पानी परिरहेकाले खोजी कार्य प्रभावित हुने देखिन्छ । बच्चाहरु वेपत्ता भए देखी उनीहरुका परिवार शोकमा छन ।.gorkhasamachar

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ