आफैँले चलाएको ग्रेडरले च्यापिदा थापाको मृत्यु

आफैँले चलाएको ग्रेडरले च्यापिदा थापाको मृत्यु

grader-machine

पोखरा । आफैले चलाएको ग्रेडर मेशिनले च्याप्दा एक जनाको मृत्यु भएको छ । शनिवार बाग्लुङको निसिखोला गाँउपालिका–६ जाउलेपानीमा सर्लाहीका ३० वर्षीय कृष्णहरि थापाको मृत्यु भएको हो ।

उनको मध्यपहाडी लोकमार्ग कालोपत्र गर्दै गर्दा बाटो सम्याउने ग्रेडर मेसिन रोकेर झर्दा हातको ब्रेक लगाउन बिर्सिएर मेसिन अगाडि बढेपछि च्यापिएर मृत्यु हो ।

मृतक ग्रेडर चालक थापा सर्लाही जिल्ला साविकको पैयानिपुर गाविस–९ निवासी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ