गुप्तेश्वर महादेव गुफामा सन्ध्याकालिन महा आरती सुरु

गुप्तेश्वर महादेव गुफामा सन्ध्याकालिन महा आरती सुरु

Aarati

पोखराको छोरेपाटन स्थित गुप्तेश्वर महादेव मन्दिरमा सन्ध्याकालिन आरती सुरु भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुप्तेश्वर गुफा सम्मुख आरती सुरु गरिएको हो ।

पशुपतिनाथ मन्दिरझैं पोखराका विन्ध्यवासिनी र तालबाराही मन्दिरमा सन्ध्याकालीन आरती सुरु भईसकेको छ । पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले सन्ध्याकालीन आरतीको शुभारम्भ गरे ।

गुप्तेश्वर गुफा व्यवस्थापन समितिको संयोजनमा गुफा परिसरमा हुने आरतीमा तीन जना पुरोहितहरुले भजनको धुन सँगै आरती गर्ने बताइएको छ ।

सुन्दरताको आनन्द लिन पोखरा आएका विदेशी र स्वदेशी पर्यटकहरुले आरतीसँगै आनन्द प्राप्त गर्दै भक्तिभावमा डुबेर केहि समय बसाईं बढाउन् भन्ने उद्देश्यले आरती सुरु गरिएको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितीका अध्यक्ष विस्णु पौडेलले जनाए ।

शुभकार्य, जन्मोत्सव, शुभसाइतका साथै दिर्घायु र सुस्वास्थ्यको कामनाका साथै धार्मिक पर्यटकलाई बढाउने मुख्य उद्देश्यले आरतीको सुरुवात गरिएको पौडेलले बताए । प्रत्येक हप्ताको सोमबार आरती गरिने र आरतीका लागि मासिक २० हजार रुपैया खर्च हुने पूजा व्यवस्थापन समितीका संयोजक सिता बरालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ