पोखराको गुप्तेश्वर गुफाबाट वर्षमै साढे चार करोड आम्दानी

पोखराको गुप्तेश्वर गुफाबाट वर्षमै साढे चार करोड आम्दानी

Gupteshwor

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट चार करोड ५१ लाख ९९ हजार ४ सय ९१ आम्दानी गरेको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको हो । सो अवधिमा सबैभन्दा बढी १ सय दरको एक लाख ४९ हजार ३ सय ४५ वटा टिकट बिक्री गरी एक करोड ४९ लाख ३४ हजार ५ सय आम्दानी भएको थियो ।

विभिन्न तीन किसिमका ५० को टिकटबाट एक करोड ३६ लाख ४६ हजार २ सय , ३५ बाट ३९ लाख ४७ हजार ७ सय ९० , २० दरको टिकटबाट छ लाख १३ हजार ४ सय ४० र १० को टिकटबाट ६१ हजार ६० रुपैयाँ आर्थिक सङ्कलन भएको हो ।

त्यसैगरी गुफा प्रवेशद्वारमा निर्माण गरिएको यान्त्रिक कामधेनु गाईको अवलोकनका लागि १० को टिकटबाट नौ लाख ४८ हजार ७ सय ३० आम्दानी गरेको शनिबार यहाँ आयोजित गुफाको २३ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा कोषाध्यक्ष ऋषिराम बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ