कास्कीमा दुई युवाबीच कुटाकुट, मगरले उत्तिसको लौरोले हान्दा गुरुङको मृत्यु

कास्कीमा दुई युवाबीच कुटाकुट, मगरले उत्तिसको लौरोले हान्दा गुरुङको मृत्यु

Hatyaa

सांकेतिक तस्विर

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० धामलेमा दुई जनाबीच कुटाकुट हुदाँ एक जनाको हत्या भएको छ ।नयाँपुल घान्द्रुक कच्ची सडक खण्डमा काम गर्ने स्याङ्जा ज्यामिरेका ४० बर्षिय रामबहादुर गुरुङको हत्या भएको छ ।

ओखलढुङ्गा सुनकोशी गाउँपालिका ४ का २६ बर्षिय रुद्र मगरले सामान्य विवादमा उतिसको लौरीले टाउकोमा प्रहार गर्दा घटनास्थलमानै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिई निज कुटपिट गर्ने रुद्र मगरलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भैरहेको बताईन्छ । गुरुङको शवलाई पोष्टमार्टमका लागि गण्डकी अस्पताल पोखरामा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ