भैंसी चराउन जाँदा आपत्तिजनक अवस्थामा भाइले भेटेपछि हत्या गरेका किशोरीद्वारा आत्महत्या

भैंसी चराउन जाँदा आपत्तिजनक अवस्थामा भाइले भेटेपछि हत्या गरेका किशोरीद्वारा आत्महत्या

hatyaa 2

सिरहा, १२ कार्तिक /  सिरहा कर्जन्हा नगरपालिका-२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्यामा संलग्न आरोपमा पक्राउ परेकी उनकी दिदीले प्रहरीले सार्वजनिक गरेको पाँच घण्टा नबित्दै हिरासतमै आत्महत्या गरेकी छन् ।

यसअघि प्रकाशित न्युज: 

भैंसी चराउन जाँदा यौन सम्पर्क, १४ वर्षका साथी र १६ वर्षीया दिदीले गरे १३ वर्षीय बालकको हत्या

हत्या आरोपमा पक्राउ परेका सिरहा कर्जन्हा-२ की १६ वर्षीया प्रियंका यादवले विष्णुपुर प्रहरी चौकीको हिरासत कक्षको बाथरुममा आइतबार साँझ आत्महत्या गरेकी हुन् ।

सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार हिरासत कक्षबाट सेन्ट्रीलाई भनेर नुहाउन बाथरुम छिरेकी उनी ननिस्किएपछि खोजी गर्दा भेन्टीलेसनको ग्रिलमा सलले झुण्डिएको अवस्थामा अपराह्न साढे चार बजेतिर मृत अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बालक हत्यामा संलग्न आरोपमा धनुषा धनौजीकट्टी-५ का १४ वर्षीय सञ्जयकुमार साह र सिरहा कर्जन्हा-२ की १६ वर्षीया प्रियंका यादवलाई आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनपछि मिर्चैया प्रहरी कार्यालयमा ठाउँ नभएपछि प्रियंकालाई विष्णुपुरस्थित प्रहरी हिरासतमा लगिएको थियो ।

यस्तो थियो बालक हत्या योजना

बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत मृतक भवेशले भैंसी चराउन गएका प्रियंका र सञ्जयकुमारबीच नर्सरीमा अनैतिक शारीरिक सम्बन्ध देखेपछि हल्ला हुने डरले मार्ने योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘कात्तिक १ गते भैँसी चराउन गएका प्रियंका र सञ्जयबीचको अनैतिक शारीरिक सम्बन्ध भवेशले देखेपछि पोल खुल्ने डरले प्रियंका र सञ्जयले हत्या योजना बनाए’ इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक गजुरसिद्धि बज्राचार्यले पत्रकार सम्मेलनमा भने ‘योजनाअनुसारै कात्तिक ३ गते खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।’

कात्तिक ३ गते कर्जन्हा-२ स्थित नर्सरीको वनमारा घारीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा भवेशको शव फेला परेको थियो । अनैतिक सम्बन्ध देखेलगत्तै घरमा गएर पोल खोलिदिन्छु भनेकै कारण भवेशको हत्याको कारक बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या योजना मुताविक कात्तिक ३ गते दुवैले भवेशलाई नर्सरीमा मोबाइल र पटाका लुकाएर राखेका छौं लिन जाउँ भनी फकाएर वनमारा घारीमा लुकाएर राखेको धारिलो खुकुरी प्रहार गरी हत्या गरिएको अनुसन्धानमा खुलेको छ ।

हत्यामा संलग्न प्रियंका मृतक भवेशका ठूलो बुवाका छोरी हुन् भने सञ्जय प्रियंकाकै गाउँमा मामा नवीनकुमार साहको घरमा बसेर अध्ययन गर्दै आएका थिए । हत्यालगत्तै प्रदेश-२ प्रहरी कार्यालय, जिल्ला प्रहरी टोलीले अनुसन्धान थालेको थियो ।

सिरहा कर्जन्हा नगरपालिका-२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्यामा संलग्न आरोपमा पक्राउ परेका धनौजीकट्टी-५ का १४ वर्षीय सञ्जयकुमार साह र सिरहा कर्जन्हा-२ की १६ वर्षीया प्रियंका यादव । दुवैलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

  • पत्रपत्रिका

यो न्युज सिराहाबाट भरत जर्घा मगरले कान्तिपुरका लागि लेखेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds