बिहानै ५ बजे खुकुरी हानेर छोराले गरे बाबुको हत्या

बिहानै ५ बजे खुकुरी हानेर छोराले गरे बाबुको हत्या

hatya_

रुकुम : रुकुम (पूर्व) भूमे गाउँपालिका ७, गुनाम गाउँमा छोराले बाबुको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बिहिबार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको जानकारी दिए। प्रारम्भिक जानकारीअनुसार घरायसी कारणले हत्या भएको हुनसक्ने अनुमान गरिए पनि हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेर थप अनुन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds