समुद्रमा खसेको आइफोन ह्वेलले यसरी फिर्ता दियाे (भिडियाेसहित)

समुद्रमा खसेको आइफोन ह्वेलले यसरी फिर्ता दियाे (भिडियाेसहित)

hawel

एजेन्सी । दुर्घटनावश् समुन्द्रमा खसेकाे आइफोन माेबाइल ह्वेलले त्यसकी मालिकलाई फिर्ता दिएको छ । बेलुगु प्रजातिको ह्वेलले समुन्द्रमा खसेकाे इशा ओप्दाहलकाे आइफोन माेबाइल फिर्ता गरेकाे हाे ।

गत सोमबार नर्वेस्थित ह्यामरफेस्ट हार्बरमा साथीसँग डुङ्गामा घुम्ने क्रममा इशाले आफ्नाे माेबाइल समुन्द्रमा खसाएकी थिइन् । फाेन खसेकाे भन्दा पनि फाेन फिर्ता आएपछि यसले धरैकाे ध्यान खिचेकाे छ ।

ह्वेलले फाेन फिर्ता गरेकाेले धेरैकाे ध्यान खिचेनकाे हाे । अहिले ह्वेलले फाेन फिर्ता गरेकाे भिडियाे भाइरल बन्दै गएकाे छ । डेलीमेलमा रखिएकाे भिडियाे अनुसार एउटा ह्वेल डुङ्गा नजिक देखापर्छ र पानीबाट टाउको निकालेर फोन देखाउँछ । त्यसपछि इशाले ह्वेलको मुखबाट फोन निकाल्छिन् ।

भिडियाे

यो देखेर इशा छक्क पर्छिन् । ‘हामी सबै निकै चकित भएका थियौं । हामीले आँखाले देखेको कुरा पनि विश्वास गर्न सकिरहेका थिएनौं,’ उनले भनिन् । ‘म अत्यधिक खुसी भएँ । फोन फिर्ता पाएकोमा ह्वेलप्रति निकै आभारी    छु ।’

भिडियो सार्वजनिक भएपछि उक्त ह्वेल रसियाली सेनाले जासुसीका लागि तालिम दिएको हुनसक्ने भन्दै धेरैले अनुमान गरेका छन् । गत हप्ता नर्वेली माझीले एउटा बेलुगा ह्वेललाई क्यामरा जडित हार्नेस लगाएको अवस्थामा समुद्रको किनारामा भेटेका थिए । पुलिसको सहायतमा ह्वेलको शरीरमा बाँधिएको हार्नेस निकालिएको थियो । विशेषज्ञका अनुसार उक्त ह्वेललाई रुसी अपरेटरको रुपमा तालिम दिइएको थियो तर तालिमको बीचमा नै ह्वेल भागेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ