Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

तयार भयो राष्ट्रपति चढ्ने चर्चित हेलिकोप्टर, अर्को सातादेखि उडान भर्ने सम्भावना

कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ । र्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो।

Loading...

इटाली र ब्रिटिस कम्पनीको साझेदार परियोजनाअन्तर्गत बनेको उक्त हेलिकोप्टर ठूलो आर्थिक भारपछि नेपाली आकाशमा उडानका निम्ति तयार भएको छ । सम्भवतः त्यसले अर्को सातादेखि राष्ट्रपतिको उडान भर्नेछ। आज प्रकाशित जनआस्था साप्ताहिकले यो खबर लेखेको हो।

beacon

सम्पूर्ण पार्टपुर्जा किन्दा, सामान आउन ढिलाइ हुँदा अर्थात् डलरको भाउमा आएको उतारचढावका कारण ६ करोड दण्ड तिरेर बल्ल नेपाल सरकारको स्वामित्वमा आएको छ । आठ महिनासम्म त्यसै थन्किएर बसेको  थियो ।

१४ दशमलव एक मिलियन डलरमा अर्को हेलिकोप्टर पनि ल्याउने अर्डर भएको छ। यो वर्षको अन्त्यसम्ममा उक्त हेलिकोप्टर आउने अर्थ स्रोतको दाबी छ । प्राकृतिक प्रकोप र विशिष्ट व्यक्तिको उडानमा यसको प्रयोग हुन्छ । एउटा अस्ती सोमबार परीक्षण उडान गरिएको छ । सम्भवतः अर्को हेलिकोप्टर राष्ट्रपति, प्रधानमन्त्रीहरुको उडानमा मात्र प्रयोग हुनेछ। nepalkhabar

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?