हेमजामा हुर्किएको गाँजा यसरी गरियो नष्ट

हेमजामा हुर्किएको गाँजा यसरी गरियो नष्ट

Gaaja

हेमजा । हेमजामा आइतवार हरियो गाँजा नष्ट गरिएको छ ।सामुदायिक सेवा केन्द्र हेमजाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लागुऔषध न्यूनीकरण गर्ने उद्देश्यले गाँजा फडानी गरी नष्ट गरेको हो । हेमजाको ढडालीथर, चाक्लेकुला, हनुमानचोकको राजमार्ग आसपासको क्षेत्रमा रहेको करिव चार क्युइन्टल गाँजा नष्ट गरिएको सेवा केन्द्रकी अध्यक्ष विष्णु बास्तोलाले जानकारी दिइन्।

त्यस क्षेत्रबाट संकलित गाँजा वडा कार्यालय अगाडि आगो लगाई नष्ट गरिएको थियो । कार्यक्रममा वडा कार्यालय, हेमजा युनाईटेड, रोट्रर्याक क्लव अफ हेमजा, दलित संजाल, आमा समूह लगायतले सघाएका थिए ।

हेमजाका अन्य क्षेत्रमा पनि कार्यक्रम संचालन गरिने जनाइएको छ ।जसबाट शान्तिपूर्ण एवम् सुरक्षित समाज निर्माण गर्न सहयोग पुग्ने अपेक्षा रहेको सामुदायिक सेवा केन्द्रका इन्चार्ज प्रहरी हवल्दार जयबहादुर कुँवरले बताए ।त्यस्तै सेवा केन्द्रले यहि साउन २ गते लागुऔषधबारे युवालाई प्रशिक्षण दिने पनि जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ