भुवन केसीको फिल्ममा अनमोल ‘एन्टी हिरो’

भुवन केसीको फिल्ममा अनमोल ‘एन्टी हिरो’

Anmol-Kc-600×330

नायक अनमोल केसीले गर्न लागेको नयाँ चलचित्रको नाम पक्का भएको छ । सोमबार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गराएर नाम सार्वजनिक गरिएको हो । चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ ।

लभ स्टोरी तथा एक्सन जनरामा निर्माण हुने यस चलचित्रमा अनमोललमई एक्सन अवतारमा प्रस्तुत गरिने छ । चलचित्रमा अनमोल पिता भुवन केसीको पनि मुख्य भूमिका रहने छ । यस चलचित्रमा भुवनले खलपात्रको भूमिका निर्वाह गर्दैछन् ।

‘दि सुपर काजोल फिल्मस्’को ब्यानरमा निर्माण हुने यस चलचित्रको छायांकन दशैंपछि सुरु हुने बताइएको छ । चलचित्रका लागि अन्य टिम फाइनल गरिएको छैन । चलचित्रका निर्देशक, नायिका केही दिनमै सार्वजनिक गर्ने निर्माता तथा कलाकार भुवन केसीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ