हिलेखर्कमा रोटरी क्लबले मंसिर ९ गते निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

हिलेखर्कमा रोटरी क्लबले मंसिर ९ गते निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

Hilekharka1

तनहुँ । तनहुँको पर्यकिय गाउँ हिलेखर्कमा रोटरी क्लब अफ दमौलीले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । क्लबले यहि मंसिर ९ गते आइतबार तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर ६ मा रहेको पर्यटकिय गाउँ हिलेखर्कमा शिविर संचालन गर्ने भएको छ ।

उक्त स्वास्थ्य शिविरको सहआयोजकमा आबुखैरेनी गाउँपालिका रहेको छ भने विशेष सहयोगिको रूपमा डाबर नेपाल रहेको छ । आगामी आइतबार मणिपाल शिक्षण अस्पताल पोखराको प्रविधिक सहयोगमा हिलेखर्कमा उक्त शिविर गर्न लागिएको क्लबका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ जानकारी दिए ।

उक्त शिविरमा नाक, कान, घाटी तथा थाइराइड विशेषज्ञबाट उपचार गरिने त्यस्तै स्त्री तथा प्रसुती, बाल रोग विशेषज्ञबाट सम्बन्धि रोगको उपचार गरिने आयोजकले जनाएको छ । त्यसैगरि सामान्य चिकित्सक पेट, छाती तथा मुटु रोगको समेत उपचार गरिने छ । साथै उक्त शिविरमा निशुल्क औषधि समेत वितरण गरिने क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

उक्त शिविरमा रोट्रयाक्ट क्लब अफ दमौली र इनरह्विल क्लब अफ दमौलीले स्वयंसेवकको रुपमा सहयोग गर्ने छन ।२०६३ सालमा पनि रोटरी क्लब अफ दमौली सोही स्थानमा निशुल्क स्वास्थ्य शिविर गरिएको र पुनः १२ वर्ष पछि सोही रमणीय गाउँमा वरिष्ठ चिकित्सकको टोलिबाट निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको क्लबका पुर्व अध्यक्ष हरि सिं गुरुङले जानकारी दिए । हिलेखर्क गाउँको आधा दर्जन घरमा होम स्टे रहेको छ ।

रोटरी क्लब अफ दमौलीले शनिबार हिलेखर्कमा हिलेखर्क भृकुटी समुहका अध्यक्ष चन्द्र प्रकाश गुरुङको अध्यक्षतामा स्थानीय, आमा समुह र युवा क्लबहरुका प्रतिनिधिहरु संग शिविरको तयारी बैठक सम्पन्न गरेको छ । बैठकमा उक्त शिविर सफल बनाउन गर्न सकिने काम बारेमा छलफल गरिएको थियो ।
उक्त बैठकमा रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ, पुर्व अध्यक्ष हरि सिं गुरुङ, पुर्व अध्यक्ष रजिनलाल श्रेष्ठ, पुर्व अध्यक्ष डिल्लीराम विक लगाएतको उपस्थिति रहेको थियो । वडा सचिव मातृका हरि न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

हिलेखर्क

बन्दीपुरबाट हिलेखर्क १५ किमि टाढा छ । हिलेखर्क,तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर ६ मा पर्छ । यो गाउँ समुन्द्री सतहबाट १७०० मिटरको उचाइमा रहेको छ । बन्दिपुर बाट १ घण्टा ३० मिनेटको समयमा गाडी बाट पुग्न सकिन्छ ।
हिलेखर्कका आधा दर्जन घरमा होमस्टे सुविधा छ । त्यहाँ स–साना पसल पनि छन् । केही होटल छन् । पाहुना स्वागत गर्न बसेका सुन्दर मन छन् । सुपथ मूल्यमा पाइन्छ लोकल कुखुराको मासुभात, गुन्द्रुक र ढिँडो । साथमा नरेपा पनि । चिसो ठाउँ गाउँले परिवेश, एकान्तको बस्ती ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ