हिमालय रोडिजको दमौली प्रिअडिसनबाट १० जना छनौट

हिमालय रोडिजको दमौली प्रिअडिसनबाट १० जना छनौट

Himalaya Roadies PreAudition Damauli

तनहुँ । एड्भेन्चर रियालिटी शो हिमालय रोडिज तेस्रो सिजनको प्रिअडिसन अर्थात रिजनल अडिसन बुधबारदेखि सुरु भएको छ । बुधबार तनहुँको दमौलीमा ग्याङ्ग लिडर आशिष राना ‘लाउरे’ले प्रिअडिसन लिएका थिए । दमौलीमा बुधबार भएको प्रिअडिसनबाट १० जना छनौट भएका छन ।

दमौलीमा २१ जनाले प्रिअडिसन दिएका थिए । अन्य इच्छुकहरु पोखरामा असोज ६ गते हुने मुख्य अडिसनमा आउन सक्ने आयोजकले जनाएको छ ।

भदौ १९ गते बाग्लुङ्ग र भदौ २० गते स्याङ्गजामा प्रिअडिसन हुने आयोजकले जनाएको छ । उक्त प्रिअडिसन ग्याङ्ग लिडर आशिष राना ‘लाउरे’ले नै लिनेछन ।

प्रिअडिसनबाट छनौट भएका प्रतियोगीहरुले पोखरामा हुने अडिसनमा सिधै ग्रुप डिस्कसन चरणमा जान पाउने छन । धेरै भन्दा धेरै युवाहरु लाई प्रतियोगितामा सहभागी गराउने उद्देश्यले यो वर्ष प्रिअडिसनको अवधारण ल्याइएको आयोजकले जनाएको छ ।

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको एड्भेन्चर रियालिटी शो हिमालय रोडिजले यस अघि दुई सिजन सफलता पूर्वक समापन गरिसकेको छ । युवा पुस्तामा यस रियालिटी शोले आफ्नो गतिलो छाप छोडेको छ । यस रियालिटी शो यस वर्ष पनि हिमालय टेलिभिजनबाट नै प्रशारण हुने छ ।

बुधबारबाट नै हेटौडा र बिरगंजमा हुने प्रिअडिसनको नेतृत्व ग्याङ्ग लिडर दिया मास्केले गरेकी थिइन । प्रिअडिसन भदौ २४ गते सकिने निर्देशक अमनप्रताप अधिकारीले बताए ।

सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने निर्देशक अमनप्रताप अधिकारीले बताएका छन ।

निर्देशन अधिकारिले भने ‘पहिलो र दोस्रो सिजनले हामीलाई धेरै सिकाएको छ । अब भने हामीले सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौँ । प्रतिष्पर्धीमात्र नभएर ग्याङ लिडर पनि चुनौतीपूर्ण रुपमा खेलमा सहभागी हुनेछन् ।’

पहिलो र दोस्रो सिजनमा तीन जना जज थिए । तर, यस सिजनमा भने चार जना टिम लिडर रहेका छन् । पहिलो र दोस्रो सिजनमा जज बनेका रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बन्नेछन् । ग्याङ लिडरमा भने दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दीया मास्के रहेका छन् । ग्याङ लिडरमा पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही थपिएका छन् ।

ग्याङ लिडरहरु नयाँ र्फम्याटमा आउन लागेकोले निकै उत्साहित भएको बताउँछन् । सबै ग्याङ लिडरले आफ्नो समूहलाई जिताउने प्रयत्न गर्ने बताए ।

यस वर्षको लागि ५ शहरमा अडिसन गर्ने बताइएको छ । भदौ २८ गते धरानबाट अडिसन सुरु हुनेछ । भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौंमा अडिसन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ