एचपी ब्राण्डका सामान किने दशैं तिहारमा छुट, कर्पोरेट र रिसेलर मिट सम्पन्न

एचपी ब्राण्डका सामान किने दशैं तिहारमा छुट, कर्पोरेट र रिसेलर मिट सम्पन्न

hp-pokhara-meet

पोखरा । एचपी ब्राण्डले बडादशैंको अवसरमा सामान खरिदमा स्क्रयाच कुपन योजना ल्याएको जनाएको छ । यो योजना बडादशैं र तिहार लक्षित गरेर यहि भदौ २९ गतेबाट कात्तिक २४ गतेसम्म लागु हुनेछ । कुपन स्क्रयाच गर्दा स्कुटर, ल्यापटप, मोवाइल, चाँदीको सिक्का लगायतका उपहार जित्न सकिने उनले बताए ।

पोखरामा ‘एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट २०१९’ सम्पन्न भएको छ । कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत उत्पादन गर्दै आएको एचपी ब्राण्डको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट २०१९ आयोजना गरेको हो ।

एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट २०१९ मा सहभागी एचपीका एसिया र कोरिया क्षेत्रका प्रबन्ध निर्देशक साहिद खान, एचपीका कन्ट्री म्यानेजर इभान वङलगायतलाई बुकी र माला लगाएर स्वागत गरिएको थियो । सो अवसरमा जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले खान र इभानलाई ताम्रपत्रले सम्मान पनि गरेको थियो ।

कार्यक्रममा कन्ट्री म्यानेजर इभान वङले एचपीबाट उत्पादित सामग्रीको गुणस्तर र त्यसबाट लिन सकिने फाइदाबारे बताएका थिए । उनले ह्याकरलेसमेत ह्याक गर्न नमिल्नेगरी प्रोटेक्ट गर्न सकिने सामग्रीहरु एचपीले उत्पादन गर्दै आएको दाबी गरे । उनले गुणस्तरमा अब्बल भएपनि गुणस्तर अनुसार कम मूल्यमा एचपीका सामानहरु पाइने उल्लेख गरे ।

कार्यक्रममा पोखराका लागि आधिकृत विक्रेता कस्मिक कम्प्युटिङ सोलुसनका सञ्चालक पुरुषोत्तम कुँवरले बिश्वबिख्यात सामानहरुको आधिकारीक विक्रेताको रुपमा काम गर्न पाउँदा निकै खुशी लागेको धारणा राखे । उनले भने–“हामीले यस्तो व्राण्डको सामान बिक्रि गर्न पाउदा उपभोक्ता र विक्रेता दुवैको विश्वास अझ वढ्ने अपेक्षा लिएको छु ।” गुणस्तरिय सामानवाट गुणस्तरिय सेवा दिन सक्नेमा पनि उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा केक काट्नुका साथै रमाइलो जमघट गरेर हर्षोल्लास पूर्वक रिसेलर मिट सेलेव्रेसन गरिएको थियो । एचपीका लागि पोखरा क्षेत्रका आधिकारिक बिक्रेताहरु हिमालयन कम्प्युटर, पाण्डे कम्प्युटर र कस्मिक कम्प्युटिङ सोलुसन रहेका छन् । आधिकारिक बिक्रेताहरु हिमालयन कम्प्युटरका सञ्चालक जगनबहादुर गुरुङ, पाण्डे कम्प्युटरका सञ्चालक गुणानिधी पाण्डे र कस्मिक कम्प्युटिङ सोलुसनका सञ्चालक पुरुषोत्तम कुँवरले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ