श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई ३ वर्ष कैद सजायको फैसला

श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई ३ वर्ष कैद सजायको फैसला

jailed

श्रीमतीको इच्छा विपरित पटक–पटक करणी गरेको कसुर ठहर गर्दै जिल्ला अदालत उदयपुरले ४५ वर्षीय एक पुरुषलाई ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आइतबार यो फैसला गरेको हो ।

अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ । मुलुकी ऐन जबरजस्ती करणीको महल ३ ९६०, मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए बमोजिम ३ वर्ष कैद सुनाइएको हो । तर, ऐनमा यस्तो प्रकृतिको मुद्दामा ५ वर्षसम्म कैद गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ