परपुरुषसँग मिलेर पतिको हत्या, १५ दिनपछि सेफ्टीटंकीमा भेटियो शव

परपुरुषसँग मिलेर पतिको हत्या, १५ दिनपछि सेफ्टीटंकीमा भेटियो शव

sab nawalparasi

कमला राना, नवलपरासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मृतककी श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र एक पुरुष रहेका छन् ।

बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका ३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरि सुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेका थिए । प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्काे एक पुरुषलाई नियन्त्रणमा लिएको हो । श्रीमती सरस्वतीले आफनो अनैतिक सम्बन्ध रहेको पुरुषसँग मिलेर आफनै श्रीमान रविन्द्रको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताएका छन् ।

हत्यामा संलग्न रहेका उनीहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको र अदालतबाट पक्राउ आदेशसमेत प्राप्त भएकाले उनीहरुविरुद्ध थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

पक्राउ परेका पुरुष घटनामा सङ्लग्न रहे नरहेको अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनको नाम भने गोप्य राखेको छ । पक्राउ परेकी सरस्वतीले आफूसहित ती पुरुष मिलेर श्रीमानको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न पुरुषसँग उनको सम्बन्ध रहेको खुल्न आएको र उक्त सम्बन्ध लुकाउन खोज्दा उनले आफ्नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ