आजदेखि केमा कति कर लाग्छ ?आयकरको नयाँदर लागू

आजदेखि केमा कति कर लाग्छ ?आयकरको नयाँदर लागू

income tax

काठमाडौं– नयाँ आर्थिक वर्ष २०७६–०७७ सुरु भएसँगै बुधबारदेखि  आयकरको नयाँदर लागू भएको छ । सरकारले बजेट भाषणमार्फत आयकरको नयाँदर घोषणा गरेको थियो ।

बजेटमार्फत करका सीमामा हेरफेर गरिएको छ । आयकरको दरमा वृद्धि गरिएको छैन यद्यपि, सीमा भने बढाइएको छ । आयकर छुट हुने सीमा बढाइ व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्याइएको छ । अविवाहितको हकमा ४ लाखसम्मको आयमा एक प्रतिशत कर लाग्नेछ । ४ लाख भन्दामाथि पाँच लाखसम्मको करयोग्य आयमा ४ लाखसम्म एक प्रतिशत र त्यसमाथिको आयमा १० प्रतिशत आयकर लाग्नेछ ।

५ लाख रुपैयाँ भन्दामाथि सात लाख रुपैयाँसम्मको करयोग्य आयमा शुरुको ४ लाखमा १ प्रतिशत र ४ देखि ५ लाखकोमा १० प्रतिशत र त्यसभन्दा माथि २० प्रतिशत कर लाग्नेछ ।

यस्तै, सात लाख रुपैयाँभन्दा माथि भए २० लाख रुपैयाँसम्म सातलाखसम्म अघिल्लो प्रावधान अनुसार र त्यसभनदा माथिकोमा ३० प्रतिशत आयकर लाग्नेछ । २० लाख रुपैयाँभन्दा माथि भए २० लाखसम्म लागेको करको दरमा २० प्रतिशत थपेर ४५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ