अपाङ्गता भएकी बालिकालाई अध्ययनको लागी इनरह्विल क्लबद्वारा आर्थिक सहयोग

अपाङ्गता भएकी बालिकालाई अध्ययनको लागी इनरह्विल क्लबद्वारा आर्थिक सहयोग

Innerwheel pratima help

किरण श्रेष्ठ, तनहुँ । अपाङ्गता भएकी बालिकालाई अध्ययनको लागी इनरह्विल क्लब अफ दमौलीले आर्थिक सहयोग गरेको हो ।

क्लबले राष्ट्रिय बाल दिवसको अवसर व्यास ५ नेपालटारकि प्रतिमा श्रेष्ठलाई सहयोग गरेको क्लबकी पुर्वअध्यक्ष निर्मला मल्लले जानकारी दिइन ।

इनरह्विल क्लब महिलाहरुको क्लब भएको हुनाले क्लबले बालिका र महिलाहरुको क्षेत्रमा बढी सहयोग गर्ने योजना रहेको उनले बताईन ।

क्लबले श्रेष्ठलाई १४ हजार ५४५ रुपैयाँ संगै शैक्षिक सामाग्री र ड्रेस सहयोग गरेको हो ।

जनजुक्त माविको कक्षा ८ मा अध्ययनरत श्रेष्ठलाई क्लबले कक्षा ९ र १० मा लाग्ने सम्पुर्ण खर्च समेत व्यहोर्ने क्लबले जनाएको छ ।

कार्यक्रममा क्लबकी अध्यक्ष सरु श्रेष्ठ, सचिव आशा बानियाँ, उपाध्यक्ष सर्मिला श्रेष्ठ, पुर्वअध्यक्ष निर्मला मल्ल, इडिटर सिर्जना घिमिरे र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस अघि पनि शैक्षिक क्षेत्रमा क्लबले सहयोग गरिरहेको छ । बालिका लाई सहयोग गर्न पाउदा खुशी लागेको क्लबले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ