Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

महंगो भो इन्टरनेट, सेवा प्रदायक भन्छः ‘सरकारले छुट दिएन, उपभोक्तासँग उठाउँछौं’

काठमाडौं– साउन १ गते देखि इन्टरनेट महंगिने भएको छ । सरकारले आर्थिक विधेयक मार्फत इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दुरसञ्चार सेवा दस्तुर बापत लिने १३ प्रतिशत रकम असुल गर्नुपर्ने बुँदालाई यथावत राखेकाले इन्टरनेट सेवा प्रदायकले आपत्ति जनाएका थिए ।

Loading...
beacon

उनीहरले यस अघिको नोक्सानलाई कभर गर्ने गरी २० प्रतिशतसम्म शुल्क बढाउँने निर्णय गरेका छन् । आर्थिक वर्ष २०७५-०७६ को बजेटले १३ प्रतिशत शुल्क लिने निर्णय गरेको थियो । तर इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई आम उपभोक्तालाई मूल्य बृद्धि नगराइदिन भनेपछि सरकार र व्यवसायी मिलेर मूल्य समायोजन गरिएको इन्टरनेट सेवा प्रदायकको संस्था (आइस्पान) का अध्यक्ष भोजराज भट्टले बताए ।

तर, अहिलेको बजेटमा पनि यो १३ प्रतिशत रकम बृद्धि नहटाएकोले एक वर्षको नोक्सान रकम पनि उपभोक्ता बाटै उठाउने गरी २० प्रतिशत शुल्क बृद्धि गर्ने उनले भने । उनका अनुसार यो २० प्रतिशत एक बर्षसम्म उठाइनेछ भने अर्को वर्षदेखि १३ प्रतिशतमात्र उठाइनेछ । – रातोपाटीबाट ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?