मेलो नमिलेर हो तर नेपाललाई समृद्ध बनाएरै छाड्छौं : ईश्वर पोखरेल

मेलो नमिलेर हो तर नेपाललाई समृद्ध बनाएरै छाड्छौं : ईश्वर पोखरेल

ishor-pokhrel-1

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक समृद्धिको अभियानमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौ महानगरपालिका–४ स्थित तल्लो टुसाल उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले भने, ‘तपाईंहरु तल्लो तहका समस्या समाधानमा लाग्नुस्, माथिको गाँठो फुकाउने काम प्रदेश र संघीय सरकारले गर्छ, आर्थिक समृद्धिको अभियानमा जनप्रतिनिधिहरुको भूमिका अहम छ ।’

कुनै पनि काम मेलो मिलाएर लैजान सके प्रभावकारी हुने उनले बताए । ‘अहिले अलि मेलो नमिलेर हामी अलमलिएको जस्तो महशुस जनताले गरेका छन्,’ उनले भने, ‘तर हामी नेपाललाई समृद्ध बनाएरै छाड्छौं ।’

पोखरेलले सबै काम वडा कार्यालयमार्फत गर्न तथा जनप्रतिनिधिसँग प्रभावकारी समन्वय गर्न स्थानीय नागरिकलाई आह्वान पनि गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ